कैलासबावु श्रेष्ठ/गोरखा
असोज २ गते । गोरखा जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको लागि बिपत र उत्थानशिलता सम्वन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
यूएनडिपीको आयोजना तथा नेपाल पत्रकार महासंघ गोरखा शाखाको समन्वयमा गोरखा सदरमुकाममा आयोजित कार्याशाला गोष्ठीका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बिपत ब्यवस्थापन बिकास मैत्री भएको खण्डमा राम्रो हुने भन्दै जुन कुनै पनि बिपतका लागि पूर्व तयारीमा बस्नु पर्ने बताए । कार्यक्रममा गोरखा नगरपालिकाका राजनराज पन्तले पनि आफ्नो धारणा राखेका थिए ।
कार्यशाला गोष्ठीमा नागरिक दैनिकका प्रधान संपादक गुणराज लुइटेलका साथै युएनडिपीका कमलराज सिंग्देल र ओडिआरसीका राम सापकोटाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा पत्रिका, रेडियो, अनलाइनमा काम गर्नेहरुको सहभागिता रहेको थियो ।




















