नरेन्द्र ढकाल/गोरखा
असोज २ गते । सामुदायिक विद्यालयको शैक्षिक स्तर उस्कान भन्दै सिरानचोक गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । सोही अनुरुप गाउँपालिका अध्यक्षले शैक्षिक सुधारका कार्यक्रम घोषणा गरेको छ । ‘सामाजिक बिकास नभए सम्म भौतिक पुर्वाधारले मात्र दिगो बिकास सम्भव छैन’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने ‘त्यसैले शैक्षिक सुधारलाई पहिलो नम्बरमा राखेर हामीले गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम घोषणा गरेका हौं ।’ सामुदायिक बिद्यालयको अबस्था दयनिय रहेको भन्दै सुधारका लागि आवश्यक नीति तथा कार्यक्रम सहितको बजेट समेत विनियोजन गरिएको छ ।
उक्त गाउँपालिका भित्र रहेका झण्डै ५० वटा विद्यालयलाई शैक्षिक एवं भौतिक सुधारलाई विशेष जोड दिने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको गुरुङको भनाई छ । ‘कुनै विद्यालयमा विद्यार्थी छन् दरबन्दी छैन, कुनैमा शिक्षक छन विद्यार्थी छैनन ’ उनले भने ‘दुबै थोक भएको ठाउँमा पनि नतिजा राम्रो छैन ।’ शिक्षामा गुणात्मक सुधार नल्याए सम्म बिकास सम्भव नभएको भन्दै सिरानचोकले उक्त कार्यक्रम सुरु गरहेको दाबी गरेको छ । कुल बजेटको ३३ प्रतिशत शिक्षकको तलब भक्तामा खर्च हुने गरेको तर शैक्षिक स्तर भने निराशाजनक रहेका गाउँपालिकाको ठहर छ । ‘राज्यले यति ठूलो लगानी गरेको छ यसलाई यत्तिकै खेर जानु दिनु हुँदैन’ उनले भने ‘हामीले केही न केही गर्नुपर्छ ।’ उक्त कार्यक्रम अन्र्तगत शैक्षिक अनुदान, शिक्षक बंैङ स्थापना, शिक्षक विद्यार्थी र अभिभावकको क्षमता बिकासका लागि तालिम सेमिनार जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम कस्तो खालको कार्यक्रम हो भन्ने हाम्रो जिज्ञासामा अध्यक्ष गुरुङ भन्छन्, ‘यो पूर्ण रुपमा शिक्षाको गुणस्तर सुधार गर्ने खालको योजना र कार्यक्रम हो’ उनले भने ‘यस अन्तर्गत शिक्षक विद्यार्थी र अभिभावक तिनै पक्षलाई सुधार गर्ने हाम्रो उदेश्य छ ।’ जस अन्तरगत प्रस्तावित विद्यालयमा दरबन्दी नभए शिक्षक राख्नका लागि अनुदान दिने, कम भएका विद्यालयका शिक्षकहरुलाई धेरै विद्यार्थी भएको ठाउँमा सरुवा गर्ने, माथिल्लो तहमा पढाउने योग्यता भएका शिक्षकलाई सोही अनुरुप सुरुवा गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । ‘सो कार्यक्रमका लागि हामीले विभिन्न र्शीषकमा बजेट बिनियोजना गरेका छौ’ उनले भने ‘हामी सँग भएको बजेटको सही सदुपयोग गरी शिक्षा क्षेत्रको सुधार गर्ने हाम्रो प्रयत्नन हो ।’ सिरानचोक गाउँपालिका भित्र अध्यापनरत शिक्षकहरुलाई विषयगत तालिम प्रदान गर्ने, उत्कृष्ठ शिक्षकहरुलाई सम्मान गर्ने लगायतका योजना पनि बनाइएको छ । सोको थालनी स्वरुप कार्यक्रममा गत शैक्षिक सत्रमा एसइई र कक्षा आठमा उत्कृष्ट विद्यालयहरुलाई सम्मान गरिएको छ । जस अनुसार एसइई तर्फ परोपकार आदर्श मावि पहिलो, सन्सारी महेन्द्र मावि दोश्रो र चम्पावती तेश्रो तेश्रो भएका छन् । एसइई परीक्षामा मण्डली मावि छोप्राकका प्रकाश सिर्मल गाउँपालिका प्रथम भएका छन् । यसैगरी कक्षा आठको गाउँपालिका स्तरिय परिक्षामा संसारी महेन्द्र मावि पहिलो, चम्पावती मावि दोश्रो र परापकोर आर्दश मावि तेश्रो घोषित भएको गाउँ शिक्षा शाखाका ज्ञानेन्द्र पोखरेलले जानकारी दिए । कक्षा आठको परिक्षामा महेन्द्र लिला माविले सबै भन्दा धेरै विद्यार्थी उत्रिण गराएको छ । गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यार्थी कम भएका विद्यालयहरुलाई मर्ज समेत हुने अध्यक्ष गुरुङले बताए । ‘गत वर्ष नै विद्यार्थी संख्या थोरै भएका दुई विद्यालय मर्ज भइसकेको छ’ उनले भने ‘यस वर्ष पनि केही विद्यालय मर्ज गर्ने हाम्रो योजना छ ।’ गाउँशिक्षा समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा रहेको गाउँशिक्षा समितिले दरबन्दी मिलानको लागि आबश्यक अध्ययन गरिरहेको समितिको प्रतिवेदन आए पछि उचित निर्णय लिइने अध्यक्ष गुरुङको भनाई छ ।
सिरानचोकमा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम लागु
सिरानचोकमा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम लागु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


