नरेन्द्र ढकाल/गोरखा
असोज २ गते । जिल्ला प्रशासन कार्यालयले एनजिओ आइएनजिओलाई राहत बाँड्ने अनुमती दिने निर्णय गरेको छ । सोमबार जिल्ला प्रशासनमा संघ सस्थाहरुको बैठक बोलाएर प्रशासनले बाढी पहिरो प्रभावितलाई सक्ने सहयोग गर्न आग्रह गरेको हो । ‘सिर्दिबासको घट्टेखोला र लापुको खानीगाउँका बिस्तापितहरुलाई खाद्यन्न अभाव भएको भन्ने जानकारी आयो’ प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भने ‘स्थानीयको अपेक्षा अनुसार केही गर्न सकिन्छ की भनेर हामीले उहाँहरुलाई अनुरोध गरेका हौं ।’ चुमनुब्री गाउँपालिका ३ स्थित घट्टेखोला, धार्चे गाउँपालिका ७ को खानीगाउँ एवं पैटु गाउँ लेख, आरुघाट गाउँपालिकाको श्याम्चेत, कटुञ्जे एवं भलछापे, वारपाक सुलिकोट गाउँपालिकाको तरारागाउँ, कुमालटारी, भालढुङ्गा एवं तुम्सिका, शहिद लखन गाउँपालिका स्थित धर्तिपाखा, तिनघरेको ठाडो लेकपाखा लगायत बाढी पहिरो प्रभावित क्षेत्रमा असुरक्षाको स्थिती सिर्जना हुनसक्ने देखिएकोले संघसस्थालाई राहत सामाग्री वितरण गर्न दिने निर्णयमा प्रशासन पुगेको हो । ‘केही मानविय सहयोग गर्न सक्नु हुन्छ भने गर्नु प¥यो भनेर उहाँहरुलाई आग्रह गरेयौं’ प्रजिअ भट्टराईले भने ‘आ–आफ्नो संघसस्थामा छलफल गरी निर्णय दिन्छौ भन्नुभएको छ ।’
विशेषगरी खानीगाउँ र घट्टेखोलाका स्थानीयहरु धेरै दिन देखि अयन्त्र बसेको हुँदा त्यहाँ खाद्यन्न संकट देखिन खतरा बढेको प्रशासनको ठहर छ । सोही अनुरुप स्थानीयलाई राहत स्वरुप सहयोगका कार्यक्रम सञ्चालन गर्न लागिएको प्रजिअ भट्टराईले बताए । ‘यो भूकम्पमा जस्तो ठूलो प्याकेज होइन, खाद्यन्न केही तत्कालका आवश्यकताका कुरा वितरण गर्ने हाम्रो सोच छ’ उनले भने ‘सम्बन्धित स्थानीय तहलाई पनि तत्कालको व्यवस्थापन गर्न निर्देशन दिएका छौ, संघसस्थाले पनि केही सहयोग गरिदिनु भयो भने थप सहिजो हुने थियो ।’ त्यहाँका स्थानीयहरुले अहिले जे पाइन्छ त्यही खाएर बसेको भन्दै खाद्यन्न माग गरेको उनको दाबी छ । यो सहयोग कार्यक्रम केही समयको लागि मात्र सञ्चालन गर्ने पाउने प्रशासनले स्पष्ट पारेको छ । भूकम्प गएको लामो समय सम्म राहत विरतरण भएको भन्दै आलोचना भएपछि प्रशासनले सघंसस्थालाई राहत वितरणमा रोक लगाएको थियो । ‘अहिले केही क्षणको लागि मात्र बाढी पहिरो पिडितलाई सहयोग गर्न उहाँहरुलाई आग्रह गरेका हौं’ उनले भने ‘त्यहाँको समस्या समाधान हुने बित्तिकै हामी रोक्छौ ।’
केही दिनयता परेको अविरल वर्षाले उत्तरी गोरखाको चुमनुब्री र धार्चेका विभिन्न ठाउँमा पहिरो जानुका साथै खोलाले कटान गर्दा दजनौं परिवार बिस्तापित भएका छन् । २०७२ बैशाख १२ को भूकम्प पछि गोरखामा पहिरोको समस्या बढेर गएको छ ।
एनजिओलाई रातह बाँड्ने अनुमती
एनजिओलाई रातह बाँड्ने अनुमती
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















