विश्व सरसफाई सप्ताहको अबरसमा जिल्लाभर विभिन्न कार्यक्रम भइरहेका छन् ।
स्थानीय तहहरुको अगुवाईमा धार्मिक, सास्कृतिक, ऐतिहासिक क्षेत्रमा सरसफाई गर्नुका साथै विभिन्न सचेतना मुलक कार्यक्रमहरु गरिएको छ । सोही अबसरमा गोरखा नगरपालिकाले ऐतिहासिक रानीपोखरी परिसर र पुश्कर तिर्थ वरपर सरसफाई गरेको छ ।
बिहिबार प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, अन्य जनप्रतिनिधि, कर्मचारी, टोल बिकास सस्थाका प्रमुख एवं प्रतिनिधि लगायत स्थानीयहरुको सहभागीतामा सरसफाई गरिएको गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुब प्रसाद घिमिरेले जानकारी दिए ।




















