कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २८ गते । गोरखा र धादिङ्गको सिमानामा निर्माण हुन लागेको बुढी गण्डकी जलविद्युतका बिषयमा आयोजना क्षेत्र संग सरोकारवाला जन प्रतिनिधीहरु संग आयोजनाले राय लिने काम शुरु गरेको छ ।
चितवनको चुम्लिङ्गटारमा बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आयोजना प्रभावित गाउँपालिकाका जन प्रतिनिधीहरु संग मुआब्जा बितरण, पुर्नबास तथा पुर्नस्थापना बिषयमा राय लिएको थियो ।
डुबानबाट प्रभावित हुने आरुघाट, गण्डकी, शहिद लखन र भिमसेन गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरु संग आयोजनाले अबका दिनमा के कसरी काम गर्दा सजिलो हुने भन्ने बिषयमा राय लिएको थियो ।
कार्यक्रममा आयोजनाले हाल सम्म गरेको कामको बिषयमा आयोजना प्रमुख कृण्ण बहादुर कार्कीले र पुनर्वास तथा पुनस्थापना सम्बन्धी प्रस्तावित ब्यवस्था एवं नितीको मस्यौदा डा.सरोज अधिकारीले प्रस्तुत गरेका थिए ।
गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषी तथा शहकारी मन्त्रालयका मन्त्रि लेख बहादुर थापाको समेत सहभागिता रहेको उक्त कार्यक्रममा उर्जा मन्त्रालयका सह सचिव दिलिप कुमार सडौल र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको समेत उपस्थिती रहेको थियो ।




















