×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मनास्लु क्षेत्रमा सयौं पर्यटक समस्यामा, हेलिकप्टर चार्टर गर्न सकस

  •  
  • बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मनास्लु हिमाल क्षेत्रमा १०० बढी विदेशी पर्वतारोही र उनीहरुका सहायक कर्मचारी समस्यामा परेको छन् । हेलिकप्टरमार्फत हिमाल क्षेत्रमा खाद्य सामाग्रीलगायत आवश्यक सामाग्री आपूर्ति गर्ने जिम्मा लिएका एजेन्सीहरुको वेवास्ताका कारण उनीहरु समस्यामा परेका हुन् ।

    हालै सरकारले फेक रेस्कु प्रकरणमा कारबाही प्रक्रिया कडा पारेकाले पनि सो समस्या निम्तिएको बताइएको छ । सेभेन समिट ट्रेकका प्रवन्ध निर्देशक मिङ्मा शेर्पाल हेलिकोप्टर अभावका कारण मनास्लु क्षेत्रमा चार्टरको व्यवस्था मिलाउन नसकिएको बताए । उनले भने, ‘अभियान सञ्चालक अपरेटरहरु हेलिकोप्टर अभावका कारण मनास्लु क्षेत्रमा चार्टरको व्यवस्था मिलाउन सक्दैनन् ।

    सय जनाभन्दा धेरै पर्वतारोही र उनीहरुका सहयोगीहरु बिग्रिएको खाना तथा अन्य कुराहरु खान बाध्य छन् ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हेली एभरेष्ट, मनाङ एयर र एयर डायनेस्टीलाई मनास्लु क्षेत्रमा उडान भर्न प्रतिबन्धत लगाएको र अन्य हवाई अपरेटरलाई अनुमतिको लागि एक हप्ता लाग्ने शेर्पाले बताए ।

    अलपत्र पर्नेमा धेरैजसो चिनियाँ पर्यटक रहेका छन् । काइतु एक्सपेडिसनका प्रबन्ध निर्देशक निमा नेमग्याल शेर्पा भन्छन्, ‘खाना तथा कपडा लगायतका सामाग्री अभावका कारण चिनियाँ पर्वतारोहीहरु सामागाउँमा बेस क्याम्पमा निकै कष्टकर समय गुजारिरहेका छन् ।’ पहाडी क्षेत्रमा हवाई अनुमतिका लागि काठमाडौँमा लामो र झन्झिटलो प्रक्रिया पूरा गर्नुपर्ने र मौसम पनि कहिलेकाहिँ मात्रै सफा हुने भएकाले समस्या भएको शेर्पाले बताए ।

    काठमाडौँ र गोरखाको आरुघाटबाट सामागाउँ, मनास्लु बेस क्याम्प जस्ता क्षेत्रमा आरोहणको लागि बन्दोबस्तीको सामान लैजानको लागि हेलिकप्टर एकमात्र साधन हो । ‘यो वर्ष मनास्लु हिमाल क्षेत्रमा निकै डरलाग्दो अनुभव भयो ,’ अभियानका नेतृत्व गरिरहेका शेर्पाले भने, ‘यदि यस्तै अवस्था रहिरहने हो भने दुई लाख पर्यटक भित्र्याउने पर्यटन वर्ष–२०२० लाई नराम्रो प्रभाव पर्न सक्छ ।’

    पायोनिर एडभेन्चर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक पासाङ शेर्पा पनि हेलिकोप्टरको अभावमा आफ्नो कम्पनीले आरोहीहरुलाई खाना सप्लाई गर्न नसकेको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो टीम पहिले नै बेस क्याम्प पुगिसकेको छ तर आरोहण सामाग्री र खानालगायतको सामग्री गोरखाको आरुघाटमा धेरै हप्तादेखि थन्किएको छ ।’

    एमसीटीसीएका सचिव कृष्ण देवकोटाले यस विषय आफ्नो प्रतिक्रिया दिन इन्कार गरे । यद्यपि मन्त्रालयका एक वरिष्ठ अधिकारीले तीन वटा हेलिकप्टर कम्पनीलाई सचिवको मौखिक आदेशमा प्रतिबन्धित क्षेत्रमा उडान भर्न रोक लगाइएको जिकिर गरे । उनले भने, ‘मन्त्रालयले जतिसक्दो छिटो यो संकटको निकासको लागि काम गरिरहेको छ ।’ पर्यटन विभागका अनुसार यो सिजनमा २५० भन्दा बढी आरोही र ५०० जना उनीहरुका सहयोगीहरु मनास्लु हिमाल आरोहण गर्नेछन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.