कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २७ गते । हिन्दु नेपाली महिलाहरुको महान चाढ हरितालिका (तिज) गोरखा सदरमुकाममा विभिन्न तरीकाले मनाईयो ।

तिज दिन बिहानै देखी सदरमुकाममा रहेको शिव मन्दिर बिहानै देखी राता सारी लगाएका महिलाहरुले भरीभराऊ थियो ।

महिला दिदी बहिनीहरुले शिव मन्दिरका साथै टोल टोलमा तिजका गितहरुमा रमाएका थिए ।

माईति घर आएका चेलीहरुले साथीहरु बिच रमाइलो गरी नाचगान गरेका थिए । आजै सदरमुकाममा रेडियो गोरखाले पनि तिज गितको आयोजना गरेको थियो ।

























