कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २७ गते । गोरखा बजारमा अवैध रुपमा बिक्री हुदै आएको भारतीय औषधी जफत गरी नष्ठ गरीएको छ । बुधबार गोरखा बजारमा ३ भारतीय नागरिकबाट नियन्त्रणमा लिएको अवैध औषधी जिल्ला प्रहरी कार्यालय परिषरमा नष्ट गरीएको हो ।
माईकिङ्ग गर्दै गोरखा बजारमा भारतीय जडिबुट्टी औषधी बिक्री गर्दै गर्दा प्रहरीले भारत उत्तर प्रदेशका रफी मोहमद, चाँद मोहमद र सरबरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ३ जनाबाट लेबल तथा नाम नखुलेको झोल तेल औषधी र बरीहरु बरामद गरीएको थियो ।
भिन्न २४ प्रकारका तेल औषधी र ५० भन्दा बढी प्रकारका बरी औषधीलाई खाडल खनेर बुधबार नै नष्ठ गरीएको थियो । दुखाइको औषधी भन्दै गोरखा बजारमा माईकिङ्ग गरेर बेच्दै गर्दा औषधी सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेको भारतीय नागरिकलाई अब देखी यस्ता प्रकारको औषधी नबेच्ने शर्तनामा गरेर रिहा गरीएको छ । पक्राउ परेका ३ जना भारतीय नागरिकले गोरखा घुम्न आएको बेला औषधी बिक्री गरेको बयान दिएका थिए ।
औषधी नष्ठ गर्ने बेला आयुवैधिक कबिराज र मेडिकल डाक्टरहरुको उपस्थिती रहेको थियो ।




















