गुडनेर्वस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग एंव पद्धती बिकास सेवाकेन्द्रको साझेदारीमा सञ्चालित सामुदायिक विकास परिचयोजना अन्तर्गत एक महिने व्यूटिपालर सिप बिकास तालिम सम्पन्न भएको छ ।
फिनाम मान्बु र थुमिका १० जना महिला सहभागी तालिम साउन २६ गते बाट सुरु भएको थियो । आज एक कार्यक्रमका विच गुडनेर्वस इन्टरनेशनलका जिल्ला संयोजक द्रोण जिसी र पद्धति बिकास सेवा केन्द्रकी कमला लामिछानले तालिमको समापन गर्नुभएको पद्धति बिकास सेवा केन्द्रका लघु उद्यम बिकास अधिकृत सुनिल न्यौपानेले जानकारी दिए ।
उक्त तालिमको मञ्ज गुरुङले सहजिकरण गर्नुभएको उक्त तालिमको समायावदी छोटो भएको भन्दै समयावदी बढाउन सहभागीहरुले अनुरोध गरेका छन् ।




















