मोहसिन अलि मियाँ/गोरखा
भाद्र २७ गते । अस्पताल आफैमा संवेदनशिल क्षेत्र हो । हामी बिरामी पर्दा जाने र उपचार गराउने स्थान आफै बिरामी परेको सुन्दा तपाईलाई अचम्म लाग्ला । तर गोरखाको हकमा यो सत्य सावित भएको छ । गरिब जनतालाई स्वास्थ्य सेवा सुलभ र सहज रुपमा प्रवाह गर्न सरकारले करोडौ रुपैया खर्च गरेर संचालन गरिरहेको गोरखा अस्पताल आफैं बिरामी परेको छ र उपचारका लागि विशष्ोज्ञ डाक्टरको पर्खाइमा छ ।
बिरामीहरुलाई उपचार गराउनु पर्ने जिल्लाको एक मात्र सरकारी अस्पताल अहिले आफैं बिरामी जस्तै भएको छ । जिल्लाकै पुरानो अस्पतालले आफुलाई उचित व्यवस्थापन गर्न नसक्दा अस्पतालको सेवा प्रवाहमा ठूलो समस्या देखिएको छ ।
दरबन्दी अनुसार कर्मचारी नहुनु, भएका कर्मचारीलाई पनि ब्यवस्थापन गर्न नसक्नु, अस्पतालको फर्मेसीमा औषधी नहुनु, निशुल्क औषधी नपाइनु, खानेपानी, विद्युत आपूर्ति लगायतका बिषयलाई उचित ब्यवस्थापन गर्न नसक्दा अस्पताल भद्रगोल अवस्थामा फसेको छ । त्यस्तै जिल्ला अस्पतालको टेलिफोनमा फोन गर्दा नउठ्ने समस्या पनि उत्तिकै छ ।
जिल्ला अस्पतालमा अत्यावश्यक सेवा प्रभावकारी नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालको बिरामी र तिनका कुरुवाका लागि बनाइएको शौचालयमा समेत पानी आउदैन । यसले गर्दा दिशा÷ पिशाव गराउन बाहिरबाट मिनिरल वाटर किनेर लैजानुपर्ने बाध्यता रहेको बिरामी कुरुवाहरुकै गुनासो छ । पानी पर्याप्त नभएकाले शौचालय पनि दुर्घन्धित भएको बिरामी र तिनका कुरुवाले बताएका छन् । अस्पताल प्रशासनलाई पटक÷पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको उनीहरुको आरोप छ ।
यतिसम्मकी अस्पतालमा सामान्य खालको एक्स्रे समेत हुन छोडेको छ । सोमबार बेलुका भ¥याङ्गबाट छोरी लडेपछि ताप्लेबाट जिल्ला अस्पताल आइपुगेकी रञ्जानी खातुनले २ घण्टा बित्दा समेत एक्स्रे गराउन पाइनन् । एक्स्रे कक्षमा डिउटीमा रहेका कर्मचारी आफखुसी घुम्न हिड्दा उनी मध्यरातमा निजी अस्पताल धाउनु प¥यो । भन्छिन् ः ‘सुरुमा त खाना खान गएको छ बस्नुस भनेका थिए, २ घण्टा बसे, १० बजेसम्म पनि नआएपछि फेरी इमेरजन्सीबाट फोन गर्न लगाए, म त मुग्लिन छु भन्ने जवाफ आयो’ उनले भनिन् ‘झमझम पानी परेको थियो, रुझ्दै अर्को प्राइभेटे अस्पताल लगेर एक्स्रे गराए, छोरीको हात भाच्चिएको रहेछ ।’ यसले अस्पताल प्रशासन र कर्मचारी बिचको समन्वय भद्रगोल रहेको प्रष्ट देखिएको छ ।
त्यस्तै जिल्ला अस्पतालको फार्मेसीमा आवस्यक औषधी नभएको समेत गुनासो आएको छ । अस्पतालले आफैले फार्मेसी संचालन गरेपनि निशुल्क पाइने औषधीहरु समेत बाहिरको निजी क्लिनिकबाट महंगो मुल्य हालेर किन्नु पर्ने बाध्यता छ । जिल्ला अस्पतालले गत भाद्रबाट स्वास्थ्य विमा कार्यक्रम पनि संचालन गरेको छ । तर बिमा गरेका सर्वसाधारणको खर्च पनि बालुवामा पानी सरह देखिएको छ । प्रति परिवार २ हजार ५ सय तिरेर स्वास्थ्य विमा गराएका परिवारले पनि अस्पतालमा सेवा लिन आउदा बाहिरी मेडिकलबाटै औषधी किन्नुपर्ने बाध्यता रहेको ग्ुनासो गरेका छन् । ‘बिमा गर्ने बेला २५ सय प्रकारका औषधी फ्रि मा पाइन्छ भनेका थिए, अहिले कागजमा डाक्टर ५ प्रकारका लेखिदिएए, अस्पतालमा एउटा पनि छैन रे’ अस्पताल परिसरमा भेटिएका सुमन गुरुङ्गले भने ।
यसैगरी अस्पतालका कर्मचारीहरुले समेत बिरामी र तिनका कुरुवालाई अभद्र ब्यवहार गर्ने गरेको भेटिएको छ । टिकट काउण्टरदेखि बिमा शाखाका कर्मचारीहरुसम्म सेवाग्राहीका कुरामा भन्दा मोबाइलमै ब्यस्त भइदिने र कुरा गर्दा रिसाउने प्रकृति पनि बढेको कतिपयको भनाई छ । ५० शैयाको जिल्ला अस्पतालको सेवा प्रवाह र सरसफाई दयनिय रहेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गरिएको भएपनि दरबन्दी अनुसारका डाक्टर र स्वास्थकर्मी पनि छैनन् ।
यता अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर श्रीराम तिवारीले भने सेवा प्रभावकारी रुपमा दिइरहेको दावी गर्छन् । तर खानेपानी लगायतका कुराहरुमा भने केहि प्रविधिक समस्या रहेको उनि स्विकार्छन् । ‘हाम्रो स्रोत साधन अनुुसार हामीले जनातालाइृ सेवा दिएका छौ, नभएको त कहाबाट ल्याउने हो र ?’ उनले भने ‘औषधीको देशैभर समस्या छ, भएको जति दिएका छौ, अरु ब्यवस्थापन बिस्तारै सुधार हुदै गइरहेको छ ।’


