गोरखा नगरपालिका ४ फिनामको सरस्वती मावि नवनिर्मित विद्यालय भवन उद्घाट भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धती बिकास सेवा केन्द्रले निर्माण गरेको उक्त विद्यालय भवनको गण्डकी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका हुन ।
गुडनेर्वसको २ करोड ६५ करोड २७ लाख ४ सय ४७ रुपयाँको लागतमा निर्माण भएको भवन विद्यालयको तर्फबाट १ लाख २५ हजार बराबर योगदान भएको पद्धती बिकास सेवा केन्द्रका सुनिल न्यौपानले जानकारी दिए । वडा अध्यक्ष खोप बहादुर अधिकारीको अध्यक्षमा भएको उक्त कार्यक्रम बोल्दै प्रमुख अतिथि मन्त्री बस्नेतले भूकम्प पछिको पुर्ननिर्माणको काम अझै तिब्रता दिनु पर्ने बताएका छन ।
प्रदेश सरकारले जिल्लाको भौतिक पूर्वाधार लागि विशेष जोड दिएको भन्दै उनले वर्खा सकिए लगतै केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा बिकास निर्माणको कामले तिब्रता लिने उनको दाबी छ । कार्यक्रमका गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, गुडनेर्वसका देशिय निर्देशक मिन हो चेइइ, पद्धति बिकास सेवा केन्द्रका अध्यक्ष भुमिनन्द देवकोटा, जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षाका प्रमुख राम प्रसाद आर्चाय, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेल, विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद न्यौपाने लगायतले राखेका थिए । विद्यालय भवन सँगै, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतका सरचनहरु समेत निर्माण गरिएको छ ।




















