- ईन्चाजलाई पुरै सुनको अफर
कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २५ गते । उत्तरी गोरखाको सिर्दिबासमा रहेको प्रहरी चौकीले १० किलो सुन सहित २ जनालाई नियन्त्रणमा लिएको २ दिन पछि सोमबार जिल्ला सदरमुकाममा सुन र सुन तस्करीमा आरोपितलाइ सार्वजनिक गरीएको छ ।

नेपाल सरकारले रसुवा नाकामा सुन तस्करी बढे संगै सुरक्षा जाँच कडा गरे पछि चिन संग सिमाना जोडिएको गोरखाको उत्तरी नाकामा सुन तस्करी गर्दा गर्दै पक्राउ परेको पहिलो पटक हो । यस अघि पनि गोरखा जिल्लाको साम्दो क्षेत्रबाट गरीएको सुन तस्किरी लमजुङ्गमा पक्राउ गरीएको थियो ।

कसरी पक्राउ परे आरोपित
गोरखा जिल्ला चुमनुब्री गाउँ पालिका ७ छेकम्पारका ५८ बर्षिय मुटुप लामा भन्ने छिरिङ्ग ङटुप लामा र सोही स्थानका २८ बर्षिय लोप्चन तेन्वे १० वटा सुनका बिस्कुल र ८ तोलाको कानमा लगाउने गहना बोकी छेकम्पारबाट २३ गते राजधानीको लागि निस्किए । सुन कम्मरमा बाँधेर राजधानी पुग्ने र ३ हजार घुर्मु अर्थात ५० हजार नेपाली रकम पाउने उनीहरुको सपना एकै दिनमा तुहियो ।

मुल बाटोमा नै रहेको सिर्दिबास प्रहरी चौकीले सामान्य सुइको पाइ सकेको सुनको बिषयमा प्रहरीले २३ गते सनिबार बिहानै देखी चेकिङ्गका कडाई गरेको थियो । दिउसो ४ बजे तिर लामा र तेन्वे मुल बाटोमा रहेको प्रहरी चौकी आउना साथ अतालिन थाल्यो । संकास्पद गतिविधी देखाएका दुवैलाई प्रहरीले अरुको भन्दा बढी शरिर तलासी गरयो ।
तत्कालै १ किलो दरका १० बिस्कुट र ७ तोला र १ तोलाको कानमा लगाउने कुन्दरा प्रहरीको हात परयो ।
पहिलो अफर ५ किलो । नमाने पछि पुरै राख्न अनुरोध
पक्राउ परेका लामा र तेन्वेले सुरुमा नै सिर्दिबास प्रहरी चौकीका ईन्जाजलाइ ५ किलो सुन राखेर आफुलाई छाड्न अनुरोध गरेका थिए । सुन फेला परे पछि नियन्त्रणमा लिएर थुनुवा कक्षमा राखीएका दुवैले सबै सुन राखेर आफुलाई छाड्न पुनः अनुराध गरे ।

जागिर खादैमा इमान्दारीताको पाठ सिकेको तनहँ जिल्ला दमौली घर भएका प्रहरी नायव निरिक्षक तुल बहादुर सेनले जिल्लामा खबर गरे । जिल्लाको निर्देशन बमोजिम रातभरी जागा रहेर २५ गते सोमबार जिल्ला आई पुगेका सेन सहितको टोली र पक्राउ परेका दुवैलाइ र सुन सार्वजनिक गरीएको थियो ।
गोरखा प्रहरीमा हिरो सेन

बजार मुल्य अनुसार ५ करोड बरावरको सुनको अफर आउदा पनि इमान्दारीताको पाठले उनले सुनको अफर लत्याएका थिए । अहिले गोरखा प्रहरी भित्र उनको शिर उचो हुनुका साथै कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले समेत प्रसंशा गरेका थिए ।

उनलाई सम्मान गरीएको नगद सानो देखिएता पनि इमान्दारीताले गरेको कामले पाएको उत्त सम्मान रकम प्रहरी संगठन भित्र रेकड रहने गरी पाएका कारण यसले ठुलै महत्व राख्ने गर्दछ ।
उनलाइ सम्मान गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सबै सिनियर अफिसरहरुको सहभागिता रहेको थियो ।



