गोरखा समाचारदाता- नेपाल महिला संघ गोरखा नगर समितीले तिजका अवसरमा शुभकामना आदानप्रदान कार्यmक्रम गरेको छ ।
संघकी नगर सभापती बिना कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस गोरखाका उपसभापती सुकदेव दवाडीको प्रमुख आतिथ्यता रहेको थियो ।
पार्टी कार्यालय तिनधारेमा भएको कार्यक्रममा जिल्ला सचिव नन्द प्रसाद न्यौपाने, नोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, क्षेत्र नम्बर २ का सभापती गोविन्द गुरुङ्ग, भुपु सैनिक संघका अध्यक्ष डिल बहादुर थापा मगर,, महिला संघकी जिल्ला कोषाध्यक्ष इश्वरी केसी, संघकी क्षेत्र नम्बर १ सभापती सपना पुन, संघकी कोषाध्यक्ष गोमा दुवाडी लगायतले मन्तब्य राखेको सचिव रञ्जिला श्रेष्ठले जानकारी दिएकी छिन् । कार्यक्रमका अवसरमा संघले दर समेत खुवाएको थियो ।


