कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २० गते । लियो क्लब अफ गोरखाले केही साता अगाडी गरेको रमाइलो गाईजात्रा साँझ २०७५ बाट आएको मुनाफाले अक्षय कोष स्थापना र शैक्षिक सामाग्री बितरण गर्ने भएको छ ।
क्लबले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यम बहादुर बसेलले गाइजात्रा साँझमा ५ लाख ६ हजार ३ सय ५५ रुपैयाँ उठेकोमा खर्च कटाएर १ लाख ४ हजार ३ सय ५५ रुपैयाँ मुनाफा भएको जानकारी दिदै मुनाफा भएको रकम मध्येबाट ५० हजार अक्षय कोष स्थापना गरीने र ५४ हजार ३ सय ५५ रुपैयाँको शैक्षिक सामाग्री खरीद गरी असाहाय र अनाथ बालबालिकाहरुलाई बितरण गर्ने जानकारी दिएँ ।
क्लबले केही बर्ष देखी जिल्ला भित्रको सामुदायिक बिद्यालयमा शैक्षिक सामाग्री नभएकै कारण स्कुल जान नसकेका बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गर्दै आएको छ । अग्रजी यो बर्ष पनि उत्त रकम बरावरको शैक्षिक सामाग्री बितरण हुने अध्यक्ष बसेलले बताए ।




















