नरेन्द्र ढकाल/गोरखा
भाद्र २० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले नागरिकसँग सिधा सम्र्पक कायम गर्न हेलो गाउँले प्रमुख सेवा सुरु गर्ने भएको छ । आगामी अशोजबाट त्यहाँका नागरिकले पैसा नलाग्ने टेलिफोन (टोलफ्रि) नम्बर मार्फत सिधै गाउँपालिका अध्यक्षसँग आफ्ना कुरा राख्न पाउने भएका छन् । ‘धार्चेका जनताले आफूलाई आइपरेका समस्या अब सिधै मसँग कुरा भन्न पाउनुहुनेछ’ अध्यक्ष सन्तबहादुर गुरुङले भने ‘गाउँपालिकाको सेवा प्रवाह र उहाँहरुको दैनिक काम कारवाहीमा परेका समस्या बारे बुझ्न हेलो गाउँले प्रमुख सेवा सुरु गर्न लागेका हौं ।’ आर्थिक वर्ष २०७५÷०७६ मा टोल फ्रि नम्बर सञ्चालने गर्ने भनि नीति तथा कार्यक्रम पारित गरेको धार्चेले आवश्यक बजेट समेत बिनियोजन गरेको छ । ‘यसबारेमा नेपाल टेलिकमसँग सहकार्य भइरहेको छ’ उनले भने ‘आशा गरौं छिट्टै काम सम्पन्न हुनेछ ।’तर उहिया र हुल्चुकमा अझै पनि टेलिफोन सेवा नपुगेकाले त्यहाँ भने बैकल्पिक व्यवस्था गरिने भएको छ । त्यहाँका स्थानीयलाई लक्षित गरी ओकेटोके सेवा सञ्चालनको लागि टावर निर्माणको प्रयास भइरहेको गुरुङले बताए । ‘धार्चेका २ वटामा अहिले पनि टेलिफोन टिप्दैन, टावर राख्न सक्ने हाम्रो क्षमताको कुरा भएन प्रदेश सरकारलाई आग्रह गरिरहेका छौ’ उनले भने ‘टेलिफोनको व्यवस्था नहुनञ्जेल ओकेटोकेमार्फत सञ्चार गर्ने व्यवस्था मिलाइनेछ ।’ उहियाकामा टेलिफोनको टावर राख्ने बारेमा चर्चा भएपनि लिखित जानकारी नआएका भन्दै अध्यक्ष गुरुङले सोको लागि प्रदेश र सघं सरकारसँग समन्वय गर्ने बताए ।
यसैगरी नागरिकको गुनासो सुन्नका लागि एसएमएस सेवा पनि सञ्चालन हुने भएको छ । ‘कतिपय कुरा म्यासेज पठाएर पनि सोध्न मिल्यो’ उनले भने ‘म्यासेजमा सम्भव नहुने कुरा पैसा नलाग्ने टेलिफोन मार्फत सिधै सोध्न सकिन्छ ।’ गाउँपालिकाको सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन मोबाइल एप्स् पनि निर्माण गर्ने धार्चेको योजना छ । सरकारी कामकाजका अधिकाशं कुरा मोबाइल एप्स मार्फत सर्वसाधरणले घरमै बसेर हेर्न मिल्ने तर थप सूचना चाहिएमा हेलो गाउँले प्रमुख सेवाको प्रयोग गर्न सकिनेछ । एप्स् निर्माणको लागि टेण्डर प्रक्रिया पनि अगाडी बढाइएको छ । ‘सिफारिस लिने कहाँ जाने, के के चाहिन्छ, गाउँपालिकाको कार्यालयमा सेवा लिन आउँदा वडाबाट के के कागजात ल्याउनुपर्छ जस्ता कुरा मोबाइल एप्समा राखिएको हुन्छ’ अध्यक्ष गुरुङले भने ‘यस बाहेकका अन्य कुरा जानकारी चाहिएमा हेला गाउँले प्रमुख सेवा छदैछ ।’ एकपटक डाउनलोड गरे पनि इन्टरनेट नभएको ठाउँमा उक्त एप्स चलाउन मिल्ने उनले बताए ।
धार्चेले प्रबिधिमा जोड दिदै वडा अध्यक्षहरुलाई ल्यापटप व्यवस्था गरिसकेको छ । अहिले हरेक वडा कार्यालय इन्टरनेट जडान गरिएको छ । ‘धार्चेका सबै वडा कार्यालयहरु इन्टरनेटको पहुँचमा जोडिएका छन्’ अध्यक्ष गुरुङले भने ‘अहिले हामी इन्टरनेट मार्फत काम गर्न सक्षम भएका छौं ।’ नागरिकको सुचना पाउने अधिकारको सम्बद्र्धन गर्न विभिन्न कार्यक्रमहरु गर्न लागिएको उनको दाबी छ । ‘यो सबै धार्चे गाउँपालिकाका शुसासन भित्रका क्रियाकलापहरु हुन’ उनले भने ‘शुशासन र पारदर्शिता हाम्रो मुख्य एजेण्डा हो ।’ नागरिकको सूचनाको हकलाई सम्मान गर्दै सोही प्रकारका कार्यक्रमहरुमा जोड दिइएको धार्चे गाउँपालिकाले जनाएको छ ।
धार्चेमा हेल्लो गाउँले प्रमुख
धार्चेमा हेल्लो गाउँले प्रमुख
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


