गोरखा समाचारदाता
नेपाल महिला संघ गोरखा नगरपालिका वडा नम्बर ८ ले नजिकिदै गरेको तिजका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संघकी वडा नम्बर ८ कि अध्यक्ष राधा भट्टको अध्यक्षतामा रानिश्वारा आहालेमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख विना कुमारी श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष नारायण प्रसाद अर्याल, ८ का अडाध्यक्ष कृष्णबहादुर खत्री, नगरकार्यपालिका सदस्य रञ्जिला श्रेष्ठ, सावित्रा थापा पुलामी, इश्वरी खत्री, संगिता लामिछाने लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा वडासददस्य अमृत थापा मगर, कल्पना नेपाली, राधिका कट्टेल लगायतको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई दर समेत खुवाइएको थियो ।




















