×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा नगरका वडाध्यक्षहरुको गरे सामुहिक प्रतिवद्धता

  •  
  • बुधबार, भदौ २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    भाद्र २० गते । गोरखा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिक्मत बहादुर कुवँरले आफ्नो कार्यकालमा वडामा माध्यामिक विद्यालय स्थापना गर्ने बताएका छन् । अहिलेसम्म आफ्नो वडामा एउटापनि माध्यामिक तहको विद्यालय नहुदा विद्यार्थीले समस्या भोग्नुपरेको बताउदै अबको ३ बर्षभित्र विद्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । सदरमुकाममा भएको सामाजिक जवाफदेहिताका औजारहरुका बारे भएको अभिमुखिकरण कार्यक्रममा उनले हालसम्म वडाका केहि स्थानमा विद्युत लाइन समेत नपुगेकाले सबैघरमा विद्युत पुरयाउने, एक घर एक धारा निर्माण गर्ने, एक टोल एक सडक विस्तार गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
    त्यस्तै कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँले वडाका सबै काठे विद्युत पोल विस्थापित गराई फलामे पोल राख्ने, ५० जनालाई स्वरोजगार बनाउने, प्रत्येक वस्तीमा बाह्रै महिना गाडी गुड्न सक्ने सडक निर्माण गर्ने, सबै घरमा शौचालय निर्माण गर्नुका साथै एक घर एक धारा निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
    आफ्नो कार्यकालमा वडाका नागरिकको जिवनस्तर उकास्ने खालका केहि उदाहरणिय काम गर्ने भन्दै १४ वटै वडाका वडाध्यक्षले सामुहिक प्रतिवद्धता जाहेर गरेका हुन् । गोरखा नगरपालिका र सोच नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनिहरुले प्रतिवद्धता जनाएका हुन् । वडा नम्बर ३ मा वर्थिङ्ग सेन्टर सञ्चालन गरी सुरक्षित प्रसुती र गर्भवती सेवा मार्फत मातृशिशु मृत्युदर घटाउनका लागि आफु प्रतिवद्ध रहेको वडा नम्बर ३ का वडाध्यक्ष राम बहादुर बोगटीले बताएका छन् ।
    त्यस्तै आफ्नो कार्यकाल भरि वडाभरीका प्रत्येक घरघरमा स्वच्छ खानेपानी र वडामा काठेपोल हटाई फलामे पोल स्थापना गर्ने वडा नम्बर ४ का वडाध्यक्ष खोपबहादुर अधिकारीले प्रतिवद्धता जनाएका छन् । यसै गरी वडा नम्बर ५ का वडाध्यक्ष राम कुमार थापाले संचारको विकास गर्दै सबै घरमा इन्टरनेट, बाह्रै महिना यातायात चल्न सक्ने सडक, बृक्षारोपणलाई अभियानको रुपमा अघि बढाउने र वडावासीलाई स्वास्थ्य सेवाको पुहँचमा पु¥याउने गरी काम गर्ने बताएका छन् ।
    कार्यक्रममा प्रतिवद्धता जनाउदै वडा नम्बर ६ का वडाध्यक्ष नारायण अर्यालले वडका सार्वजानिक र धार्मिक स्थलहरुमा शौर्यउर्जा स्थापना गर्ने, वडाका सबै काठेपोल हटाउने, मुख्य चोक र बजार क्षेत्रमा सिसिक्यामेरा जडान गर्ने बताएका छन् । वडाभित्र रहेका सबै सार्वजानिक जग्गाको खोजी गरी संरक्षण गर्ने र अवस्थाका आधारमा बृक्षारोपण गराउने साथै सबै घरमा खानेपानीका धारा पुरयाउने वडा नम्बर ७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।
    कार्यक्रममा लिखित प्रतिवद्धता जनाउदै वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्रीले हरेक घरमा खानेपानी पु¥याउने, काठेपोल हटाउने र वडाका हरेक बस्ती र घरलाई सडक सञ्जालमा जोड्ने त्यस्तै वडा नम्बर ९ का वडाध्यक्ष कुल बहादुर कुवँरले पनि हरेक घरमा खानेपानीको सुनिश्चित गराउने, काठेपोल हटाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । यसै गरी वडामा एक घर एक धारा सहित १५ घरधुरीको बिचमा एम्बुलेन्स पुग्न सक्ने सडक निर्माण आफ्नो कार्यकालको प्रथामिकतामा रहेको भन्दै वडानम्बर १० का वडाध्यक्ष रामबहादुर खड्काले प्रतिवद्धता जनाएका छन् ।
    त्यस्तै सम्पूर्ण कृषकलाई ब्यवसायीक रुपमा उन्मसख गराउने र एक घर एक धारा जडान गर्ने आफ्नो लक्ष्य रहेको वडानम्बर ११ को लक्ष्य रहेको बताइएको छ । कार्यक्रममा वडाध्यक्ष उपस्थित नभएकाले सदस्य सावित्रा थापाले लिखित प्रतिवद्धता जनाएकी छिन् । यसैगरी एक घर २ विरुवा बृक्षारोपण गराउने, घरघरमा खानेपानी पु¥याउने योजना रहेको वडानम्बर १२ का वडाध्यक्ष डिल बहादुर थापाले बताएका छन् । त्यस्तै कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष हरि बहादुर खनालले प्रत्येक घरमा खानेपानी पु¥याउने आफ्नो योजना रहेको बताएका छन् । यसैगरी वडा नम्बर १४ को नगरकै सबैभन्दा ठूलो भुगोल भएकाले सबै बस्तीमा मोटरबाटो सहित खानेपानी पु¥याउने वडाध्यक्ष रामबहादुर खड्काले प्रतिवद्धता जनाएका छन् ।
    आफ्नो कार्यकालमा वडावासीको माग र समस्यालाई मध्यनजर गर्दै आफुहरुले यि कामहरु सम्पन्न गरेरै छाड्ने उनिहरुको सामुहिक प्रतिवद्धता छ । त्यस्तै वडाध्यक्षहरुले गरेको हरेक प्रतिवद्धता नगरपालिकाको कार्ययोजनामा समावेश भइसकेको बताउदै नगरप्रमुख राजनराज पन्तले उनिहरुका सकरात्मक काममा आफ्नो सधै साथ सहयोग रहने बताएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.