गोरखा समाचारदाता
पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले कर्मचारीको गल्तीका कारण बिलमा प्रिन्टिङ्ग त्रुटी भएको ठहर गरेको छ ।
गोरखा समाचार दैनिक र रेडियो गोरखामा प्रकाशित प्रशारित समाचारका विषयमा प्रेस विज्ञप्ती जारी गर्दै सस्थाले प्राबिधिक त्रुटीका कारण उपभोक्ता नं.६०७२२ को बिल प्रिन्टिङ्ग त्रुटी भएको जानकारी दिएको छ ।
बिलमा त्रुटी देखिए पनि अनलाइन बिलिङ्ग सफ्वयर मार्फत रु ९४५ मात्र भुक्तानी लिएको सस्थाले स्पष्ट पारेको छ । सस्थाको कर्मचारीबाट भएको त्रुटीलाई संस्थागत प्रकृया अगाडी बढाई आगमी दिनमा यस्ता गल्ती हुन नदिन दत्तचित्त भएर लाग्ने प्रतिवद्धता विज्ञप्तीमा उल्लेख गरिएको छ ।
केही दिन ९ सय ४५ रुपयाँ तिर्नु एक उपभोक्ताको नाममा २ लाख भन्दा बढिको बिल आएको थियो ।




















