कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १८ गते । उत्तरी गोरखामा साँझ पख गएको सुख्खा पहिरोमा परी १ जना बेपत्ता भएको छ ।
दिउसो ४ः१५ बजे धार्चे गाउँपालिका ५ को केरौजा र रुन्चेत जाने बाटोको भिर बाट खसेको पहिरोमा परी धार्चे ५ माछाखोला निवासी ६५बर्षिय माने गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । गुरुङ्ग दिउसो टिम्मुर टिप्न जादाँ अचानक पहिरोमा परेर हराइ रहेका हुन ।
पहिरो गएको स्थानमा स्थानिय र प्रहरीले उनको खोजी गरेता पनि साँझ सम्म पनि फेला नपरेको स्थानिय सुनार गुरुङ्गले टेलिफोन मार्फत जानकारी दिए । गुरुङ्ग अनुसार पहिरो आएको जानकारी दिन उनलाइ सिठी फुकेको भएता पनि सिठीको आवाज नसुन्दा उनी पहिरोमा परेका थिए ।
पहिरोका कारण अहिले उत्तरी गोरखा आउ जाउँ गर्ने बाटो बन्द पुर्ण रुपमा बन्द भएको छ । पहिरो ३ सय मिटर माथिको डाडाँबाट खसेको स्थानिय सुनार गुरुङ्गले बताए । पहिरोमा पुरीएका गुरुङ्गको भोली बिहानै देखी खोजी गरीने माछाखोलामा रहेको प्रहरी चौकीले जानकारी दिएको छ ।


