×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

डाक्टरको आन्दोलनले अस्पताल बन्द हुदा समेत प्रमुख बेखर

  •  
  • सोमबार, भदौ १८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    भाद्र १८ गते । गोरखा अस्पतालका डाक्टरहरुले आन्दोलन गर्दै सेवा ठप्प बनाउदा समेत मेडिकल सुपरिटेण्डेन डाक्टर श्रीराम तिवारीले भने पत्तो पाएनन् । मुलुकी ऐनको बिरोधमा आन्दोलनमा उत्रेका डाक्टरहरुले आइतबार दिनभर अस्पतालको बहिरङ्ग सेवा बनाउदा आफुलाई साँझमा मात्रै जानकारी भएको डाक्टर तिवारीले बताएका छन् । ‘मलाई अस्पताल बन्द भयो भन्ने बारे कुनै जानकारी छैन’ आइतबार बेलुका गोरखा समाचार दैनिकसंग टेलफोनमा कुरा गर्दै अस्पताल प्रमुख तिवारीले भने ‘म बिदा बसेको थिए, भरखर आएको हुँ, अब जानकारी लिन्छु ।’ अस्पताल बन्द गरेर दिनभर डाक्टरहरु आन्दोलनमा उत्रिदा समेत अस्पताल प्रमुखलाई जानकारी नहुनुले भने प्रश्न चिन्ह खडा भएको छ । डाक्टर तिवारीलाई यस अघि पनि अस्पतालमा नबस्ने, अधिकांश समय घर बिदा बस्ने गरेको र अस्पतालका बारे खासै चासो नराख्ने गरेको आरोप लाग्दै आएको छ ।
    नयाँ मुलुकी ऐनको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको देशब्यापी आन्दोलनमा समर्थन जनाउदै जिल्ला अस्पतालका चिकित्सकहरुले समेत बहिरङ्ग सेवा बन्द गरेका हुन् । ‘नयाँ कानुनले चिकित्सकलाई जबरजस्ती अपराधी बनाउन खोज्यो’ अस्पतालका एक डाक्टरले भने ‘यो संशोधन नहुञ्जेल हामी आन्दोलन जारी राख्छौ ।
    मुलकी ऐन अनुसार डाक्टरको लापरबाहीमा बिरामीको ज्यान गएमा फौजदारी मुद्धामा कारबाही हुने उल्लेख छ । तर चिकित्सक संघले भने यसको बिरोध गर्दै तत्काल ब्यवस्था शंसोधन हुनुपर्ने भन्दै आन्दोलन थालेको छ । ‘हाम्रो उदेश्य बिरामी मार्ने होइन, सकेसम्म बचाउने हो, तर हामी भगवान पनि होइनौ नि, हामीले उपचार गरेका सबै बिरामी सञ्चो हुन्छन् भन्ने ग्यारेण्टी पनि हामी दिन सक्दैनौ’ नाम उल्लेख नगर्ने सर्तमा ति डाक्टरले भने ‘नयाँ कानुनले चिकित्सकलाई काम गर्न नदिने वाताबरण बनायो, मनोबल गिराउने काम भयो, त्यसैको बिरोधमा हाम्रो आन्दोलन हो ।’
    बिरामी जाँच्न छोडेर डाक्टरहरु नै आन्दोलनमा उत्रिएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी भने समस्यामा परेका छन् । मुलुकी ऐनले डाक्टरलाई विभेद गरेको भन्दै गोरखा अस्पतालका डाक्टरहरु सेवा बन्द गरेर आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा ठप्प भएको हो । आइतबार अस्पतालमा बहिरङ्ग सेवा बन्द हुदा जिल्लाका बिरामीले भने सकस भोग्नु प¥यो । ‘सरकार र डाक्टरको लडाँईको चेपुवामा हामी पो प¥यौ, ३ घण्टा छोरी बोकेर हिड्दै अस्पताल आउदा जचाउन पनि पाइएन’ भिमसेन थापा गाउँपालिका–६ की जानुका थापाले भनिन् ‘अस्पताल जस्तोे कुरामा पनि आन्दोलन भएपछि कसरी बाच्ने हो ।’ उनले थपिन् ‘पैसा पनि धेरै ल्याएको छैन, अब मेडिकलमा कसरी जचाउने, समस्यामा परियो ।’
    आइतबार ओपिडि बन्द गरेको संघले जारी गरेको आन्दोलनको तालिका अनुसार आज सोमबार अस्पताल प्रशासन बन्द गर्ने जनाएको छ । त्यस्तै मंगलबार ल्याब, बुधबार रेडियोलोजी, बिहिबार बिरामी भर्ना बन्द गर्ने र शुक्रबारदेखि अनिस्चित अस्पतालका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.