कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १८ गते । गोरखा सदरमुकाममा रहेको नयाँ बजारमा रहेको दिदी बहिनी समूहले मानव सेवा आश्रममा आश्रित अनाथ तथा असाहयलाइ दर खुवाएको छ ।

नेपाल महिलाहरुको तिजको अघिल्लो दिन खाने दर भड्किलो बन्दै गएको भन्दै सबै महिला दिदी बहिनीहरुलाइ सन्देश दिन पनि यस्तो सामाजिक कार्य गरीएको समूहकी सचिव राममायाँ श्रेष्ठले बताइन ।

दर खाने कार्यक्रममा मानव सेवा आश्रममा आश्रित ३५ जना साना साना नानीहरुको पनि सहभागिता रहेको थियो । उत्त कार्यक्रममा १० हजार रुपैयाँ खर्च भएको अनुमान गरीएको छ ।

सोही कार्यक्रममा आश्रमका संरक्षक तथा आश्रमका सेविकाहरु र दिदी बहिनी समूहका सबैले पनि सोही स्थानमा दर खाएका थिए ।











