×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अधिकाशं मासु पसल दर्ता बिनै सञ्चालनमा

  •  
  • शुक्रबार, भदौ ०८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    भाद्र ८ गते । जिल्ला सदरमुकामका अधिकाशं मासुपसल दर्ता बिनै सञ्चालनमा रहेको पाइएको छ । गोरखा नगरपालिकाले बिहीबार गरेको अनुगमनका क्रममा आयुर्वेदिक चोक देखि हरमटारी, अस्पताल मार्ग हुँदै ठूलो आँगन सम्मका ८ वटा मासुपसल बिना इजाजत सञ्चालनमा रहेको भेटिएको हो । ‘हामीेले हेरेका मध्ये धेरै पसल दर्ता नगरी खोलिएको रहेछ’ गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले भने ‘दर्ता भएका पनि कतिपय नगरपालिकामा दर्ता भएका रहेनछन् ।’ १७ वटा मासुपसलमा अनुगमन गरिएकोमा ६ वटा पसल मात्र गोरखा नगरपालिकामा दर्ता भएको अनुगमन टोलीले जनाएको छ ।

    व्यवसाय दर्ता नगरी मासुपसल सञ्चालन गरेकाहरुलाई आवश्यक कागजात पेश गरी १५ दिन भित्र सम्र्पक गर्न निर्देशन दिइएको छ । ‘उहाँहरुलाई दर्ता प्रक्रियामा आउन अनुरोध गरेका छौ’ उनले भने ‘एक पटकलाई मौका हो यो अयन्था नगरपालिकाले कानून अनुसार कारवाही अगाडी बढाउँछ ।’ गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत एवं अनुमन समितिका संयोजक श्रेष्ठको नेतृत्वमा पशुशाखाका पशु चिकित्सक इन्द्र भट्ट, नेपाल प्रहरी, गोरखा उद्योग वाणिज्य संघका प्रतिनिधि टोलीले गरेको अनुगमनका क्रममा अधिकाशं मासु पसलले न्यूनतम मापदण्ड पनि पुरा नगरेको भेटिएको छ । ‘पसल एकदमै फोहोर पाइयो, पानी त्यस्तै फोहोर प्रयोग गरिएको छ’ पशुचिकित्सक भट्टले भने ‘कतिपय स्थानमा त जिउँदो कुखुरा पनि सँगै राखिएको रहेछ ।’ अनुगमनका क्रम ३ वटा पसलले तरकारी, किराना लगायत अन्य सामाग्रीसँगै मासु पसल सञ्चालन गरेको भेटिएको छ ।

    अन्य सामाग्रीसँग मासु बेच्न नपाउने कानूनी प्रावधान भएपनि किराना तथा तरकारी पसलले खुलेयाम कुखराको मासु बेचेका छन् । ‘हामीले एकपटकलाई सजग गराएका छौं’ भट्टले भने ‘अर्को पटक जाँदा पनि त्यस्तै अबस्था भए कारवाही प्रक्रिया अगाडी बढ्छ ।’ अधिकाश पसलले टायल लगाएको, डि फ्रिज राखेको पाइए पनि मासु बाहिरै राखेर बेच्दै गरेको भेटिएपछि उनीहरुलाई पनि सजग गराईको छ ।

    गोरखा सदरमुकामका अधिकाशं मासु पसल मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको भनि बारम्बार चर्चा भएपनि नगरपालिकाले व्यवस्थित गर्न सकेको छैन । जनप्रतिनिधि आएसँगै अनुगमनको कार्यक्रमलाई जोड दिएको नगरपालिकाले अब पनि अटेर गर्नेलाई कानून अनुसार कारवाही गर्ने तयारी गरेको छ । जिल्ला सदरमुकाममा एउटा पनि व्यवस्थित बधशाला छैन । केही कुखुराको मासु बिक्रेताहरुले बधशाला व्यवस्थित बनाउने प्रयास गरेपनि प्रयाप्त छैन् । अहिले पनि अधिकाशं मासुपसलले खुल्ला रुपमा मासु राखेर बच्दै आइरहेका छन् ।

    डि फ्रिजको प्रयोग निकै कमले मात्र प्रयोग गरेको पाइन्छ । ‘यसपटक हामीले गुणस्तर भन्दा करको दायरामा ल्याउने प्रयत्न गरेका छौ’ नगरपालिकाका प्रशासकिय अधिकृत श्रेष्ठले भने ‘बिस्तारै गुणस्तरका कुरालाई पनि कडाई गदै लैजाने योजना छ ।’ नगरपालिकाले अनुमनलाई तिब्रता दिए पनि नगरबासी भने अझै आश्वस्त हुन सकेका छैनन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ ०८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.