गोरखा समाचारदाता
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ तल्लो गोहोरेमा दश लाख धनराशीको अक्षकोष स्थापना भएको छ । स्थानीय जनकल्याण प्राथमिक बिद्यालयका सस्थापक प्रधानाध्यापक बद्रि प्रसाद श्रेष्ठले १० लाख बराबरको अक्षयकोष स्थापना गरि दिनु भएको हो । ‘बद्रि प्रसाद श्रेष्ठ अक्षयकोष’ नामक उक्त कोषको व्याज बापत प्राप्त हुने २५ प्रतिशत रकमले त्यस बिद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ती रकम प्रधान गरिने छ ।
अन्य ७५ प्रतिशत रकम भने आवश्यक अनुसार विद्यालय व्यवस्थापन समितिले खर्च गर्न सक्ने गरी कोष खडा गरिएको उक्त विद्यालयकी शिक्षिका वर्षा ढकालले जानकारी दिनुभयो । उक्त कोषलाई व्यवस्थित गरी निरन्तर सञ्चालन गर्नको लागि एक समिति निर्माण गरी दर्ता गर्ने र आवश्यक नियम बनाएर काम गरिने कोष निर्माणकर्ता श्रेष्ठको भनाई छ ।
जिल्लाका अन्य विद्यालयमा १० लाखको अक्षयकोष नभएको भन्दै उक्त अक्षयकोष जिल्लाकै सर्वाधिक धनराशीको भएको विद्यालयको दाबी छ ।


