गोरखा समाचारदाता
चितवनको नारायणघाटबाट गोरखका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा १ जना मृत्यु भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत खहरे भन्ने स्थानमा बुधबार अपरान्ह बस र ट्रक एकआपसमा ठक्कर खाँदा अन्य ३३ यात्रु घाइते भएका छन् ।
चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार उक्त दुर्घटनामा परी बस चालक गोरखा आरुपोखरी बस्ने ४० वर्षीय काजीराम योगीको मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
बुधबार अपरान्ह ३ः२५ बजेको समयमा भरतपुर महानगरपालिका २९ स्थित खहरे भन्ने स्थानमा नारायणगढबाट गोरखातर्फ आउँदै गरेको ना ४ ख ७५१३ नं. को बस र विपरीत दिशाबाट जादै गरेको लु १ ख ७४०६ नं को ट्रक एक आपसमा ठोकिदाँ उक्त दुर्घटना भएको हो ।
घाइते ३३ मध्ये २७ को कलेज पुरानो मेडिकल कलेज र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।




















