गोरखा समाचारदाता
मुस्लिम समुदायको दोश्रो ठूलो पर्व बकर इद धुमधामका साथ मनाईदै छ । गोरखाका मुस्लिम बाहुल्यता रहेका गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका लगायत जिल्लाका अधिकाशं मुस्लिम बस्तीहरुमा इदको रौनक छ । आपसी सद्भाव र प्रेम साटासाट गर्ने पर्वको रुपमा पनि इदलाई लिने गरिन्छ । गोरखाका अधिकाशं मुस्लिम बस्तीहरुमा भुकम्प प्रतिरोधी नयाँ घर निर्माण भइसकेकाले यस वर्ष ईदको रौनक बढि देखिएको छ ।
यस अघि अस्थायी टहरामा ईद मनाएकाहरु अधिकाशंले घर बनाए पनि अझै केहीको घर बन्न बाँकी छ । लाभग्राहीको सूचीमा नाम छुटेका, आर्थिक रुपमा विपन्न, अशसक्तहरु, भूमिहिन भूकम्प पिडितले घर बनाउन सकेका छैन् । यसवर्षको बकर ईद वर्खाको समय परेकाले आवतजावतमा भने समस्या भएको छ । जिल्लाका अधिकाशं कच्ची सडक सवारी नचलेकोले इद मनाउन जानेहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन् । तिन दिन सम्म मनाइने इदमा शुभकामना आदानप्रदानका लागि आफन्तहरुको घरमा जाने चलन छ । बकर इदका अबसरमा सरकारले सार्वजानिक बिदा नदिएकाले पनि चाड मनाउन समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।
मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन छ । इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सो अनुसार छोरालाई बली दिन जङ्गलमा लिएर गएकामा छोराले नमानेपछि आकासवाणी गरेर ईश्वरले छोराको सट्टा जनावरको बली दिनु भनेपछि जनावरको बली दिने चलन चलिआएको बताइन्छ । खसी वा भेंडाको बलीको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ । बकर इदका दिन बिहान मुस्लिम समुदायहरूले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुवारक भन्दै शुभकामना एक आपसमा आदानप्रदान गरिन्छ । नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपाया खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, ऊँटलगायतमध्येका जनावरको बली दिने गरिन्छ । सो दिन आफ्नो इष्टमित्रलाई घरमा बोलाई मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरी मनाउने चलन छ । बकर इदका अबसरमा मुस्लिम धर्मालम्बीहरू मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गर्छन । नमाज पढिसकेपछि घर–घरमा गएर बली दिने गरिन्छ। बकर इद तीन दिनसम्म मनाइन्छ ।
मुस्मिल बस्तीमा बकर इद रौनक
मुस्मिल बस्तीमा बकर इद रौनक
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


