गोरखा समाचारदाता
गत साउन २ गते गएको पहिरोमा परी ज्यान गुमाएका परिवारका सदस्यलाई राहत स्वरुव आर्थिक सहयोग गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अन्र्तगत ओडिआरसी र युएनडिपीले शहिद लखन गाउँपालिका वडा नम्बर ६ अधँरी गएको पहिरो पिडितलाई एकमुष्ट एक लाख रुपैयाँ राहत स्वरुप सहयोग प्रदान गरिएको हो ।
उक्त रकम परियोजना प्रमुख राम सापकोटाले शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरलाई हस्तान्तरण गरेका हुन् । परियोजनाका कर्मचारीबाट उठेको रकम गाँउपालिकाका अध्यक्षथापा मगरलाई हस्तान्त्रण गरिएको हो । शहिद लखन गाँउपालिकाका अध्यक्ष थापा मगरले पहिरोबाट ज्यान गुमाएका प्रति परिवारलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
शहिद लखन गा.पा. को वडा नम्बर ६ अँधेरीका बलबहादुर कुँवर, सन्तोष कुँवर र हिरामाया कुँवरलाई अध्यक्ष थापा मगरले रकम प्रदान गरिएको हो । उक्त परियोजनाका कर्मचारीले आफ्नो तलब भक्ता बाट संकलन गरेको रकम पिडितलाई उपलब्ध गराएर ठुलो सहयोग गरेको अध्यक्ष थापा मगरले बताए । उक्त रकमले पिडितको घाउमा थोरै भएपनि मलमपटी लगाउने उनको विश्वास छ ।
थोरै भएपनि रकम सहयोग गर्न पाएको भन्दै जिल्ला संयोजक सापकोटाले पिडितको जिवनयापनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । यसअघि,सोही परियोजना मार्फत अँधेरीका ३० घरपहिरो पीडित परिवारलाई करिब १ लाख ९२ हजार रुपैया बराबरको राहत सामग्री (सेल्टर किट) हस्तान्त्रण गरिएको थियो ।


