नरेन्द्र ढकाल/गोरखा
भाद्र ७ गते । छेवेटारका झण्डै दुई सय पचास महिलाले पाठघर जाँच गराएका छन् । महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्त्री रोग सम्बन्धी एक दिने शिविर २ सय ४६ जनाले स्वास्थ्य जाँच गराएको चिकित्सकहरु टोलीका प्रमुख एव जिल्ला अस्पताल गोरखाका डाक्टर बिनोद दुवाडीले जानकारी दिए । ती मध्ये ५ जनामा पाठेघर खस्ने समस्या देखिएको छ । ‘उल्लेख्य संख्यामा आमा दिदीबहिनीहरु आउनुभयो उहाँहरु मध्ये १५ जना पाठेघर खस्ने समस्या देखिएको छ’ डाक्टर बिनोद दुवाडीले भने ‘५ जनालाई रिङ केसरी बिधिद्धारा उपचार गरिएका छ ।’ अन्य १५ जनाको पाठेघरको अपरेस गर्नुपर्ने निक्यौल चिकित्सकहरुको टोलीले निकालेको छ ।
डाक्टर डाक्टर सीता अमात्य र डाक्टर अनिमा पराजुलीको टोलीले बिरामीको उपचार गराएको हो । परिक्षण गराएका मध्ये ५० जनामा पाठेघरको क्यान्सर परिक्षण समेत गरिएको छ । ती मध्ये २ जनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी पहिलो चरणको लक्षण देखिएको छ । ‘अपरेस गर्नुपर्ने सबैको डाटा लिएका छौ, जिल्लामा शिविर भएका बेला अस्पतालले सम्वय गरी उहाँहरुको अपरेस गराउँछ ।’ शिविर छेवेटार नगर स्वास्थ्य केन्द्र, लायन्स क्वल अफ गोरखा दरौदीको अयोजना र गोरखा अस्पतालको समन्वयमा गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा भएको हो । स्वास्थ्य परिक्षण गराउन आएका महिलाहरु अधिकाशंमा महिलाहरु सम्बन्धी सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारी गडबडी हुने, पाठेघर खस्ने लगायतका समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।
पछिल्लो समय महिलाहरुमा यस्ता खालका समस्या बढि देखिन थालेको डाक्टरहरु बताउँछन् । असुरक्षित आचार, खानपान, तनाब लगायतका कारण पनि यस्ता महिलाहरु आङ खस्ने समस्याबाट पिडित हुने गरेका छन् ।


