- सास पनि भेट्टाइन लाश पनि पाइएन
नरेन्द्र ढकाल/गोरखा
भाद्र ७ गते । भिमसेन थापा गाउँपालिका वडा नम्बर १ का रबिलाल देवकोटाका छोरा २०६० सालमा फागुन २६ गतेबाट वेपत्ता छन् । शसस्त्र प्रहरीमा भर्ती हुने प्रकृयामा रहेका गोपाल देवकोटालाई तत्कालिन बिद्रोही माओवादीले घरबाटै उठाएर लग्यो । ‘हामीलाई तपाइँ जस्तो मान्छे धेरै चाहिएको छ पार्टीमा जानु परयो भन्दै मानिसहरु घरमै बोलाउन आउथे’ उनले भने ‘उसले म जान्न भन्थ्यो एक दिन ३०-४० मानिस आएर जबरजस्ती लगे, कहाँ लगे के गरे अहिले सम्म हामीलाई थाहा छैन् ।’ छोरा बेपत्ता भएपछी राज्यका सबै निकायमा उजुरी दिएका रबिलाल अझै पनि थाकेका छैनन् । ‘आश त छैन अब सास नभए नी लाश त देखाइदिनु प¥यो नी’ गोरखा समाचारसँगको कुराकानीमा उनले भने ‘राज्यले पनि हामीलाई वेवस्ता ग¥यो ।’ माओवादीले छोरा बेपत्ता पारेको भन्दै उनले जिल्ला प्रशासन देखि गृहमन्त्रालय सम्म आफै पुगेर उजुरी दिए तर उनका छोरा गोपालको अबस्था अहिले सम्म सार्वजानिक हुन सकेको छैन ।
भिमसेन थापा गाउँपालिका वडा नम्बर ४ की धावाकी राधिका सिंखडाका श्रीमान फणिन्द्र सिंखडा २०५५ साल फागुन ३ गते देखि वेपत्ता छन् । माओवादी शसस्त्र सघर्षमा सहभागी भएका उनलाई तत्कालिन राज्य पक्षले बेपत्ता पारेको थियो । ‘हावाले ढोका हल्लाउँदा पनि कतैबाट जुम्लुङ आइपुग्नुहुन्छ कि जस्तो लाग्छ’ उनले भनिन् ‘लाश नभेटिदा सम्म आश लाग्दो रहेछ ।’ श्रीमानको अत्तापत्तो नभएपछि अन्तिम सस्कार समेत गर्न नपाएकी उनलाई आफन्तहरुले समेत राम्रो व्यवहार गर्दैनन् । अहिले पनि श्रीमानका बारेमा कुनै पत्तो नलागेको भन्दै उनले भनिन् ‘जे छ ,जुन अबस्था छ वास्तविक कुरा थापा पाउन पाए हुन्थ्यो जस्तो लागिरहन्छ ।’
पालुङटार नगरपालिका वडा नम्बर २ चापाभञ्जाङकी हरिमायाँ ढकालले गाँस काटेर हुर्काएको भाई वेपत्ता भएको पिडा अहिले सम्म भुल्न सकेकी छैनन् । माओवादीमा लागेका उनका भाई पुर्णचन्द्र आर्चाय संकटकालको बेला राज्य पक्षको घेराबन्दीमा परे तर उनी अहिले सम्म जिउँदो छन की मरिसके हरिमायाँलाई थाहा छैन । ‘आमाले दश महिना बोकेपनि मैले जुठो खुवाएर हुर्काएको भाई हो त्यो’ उनले रुँदै भनिन् ‘त्यसको अबस्था थाहा नहुँदा मेरो मन यति जलेको छ र ।’
सुलिकोट गाउँपालिका वडा नम्बर ८ पाँचखुवा देउरालीका कृष्णप्रसाद खनालका छोरा भिमसेन पनि २०६१ सालबाट बेपत्ता छन् । काठमाण्डौमा आरआर क्याम्पस पढ्दै गरेका उनी तत्कालिन माओवादीको विद्यार्थी संगठनमा आबद्ध थिए । सोही क्रममा वेपत्ता भएका उनी अहिले सम्म फेला पर्न सकेका छैनन् । ‘मेरा छोराले मुलक परिर्वतनका लागि रगत पसिना बगायो’ उनले भने ‘उसको अबस्था अहिले सम्म थाहा छैन हामी पो घर न घाटको भएका छौ ।’ दश वर्षे शसस्त्र द्वन्दका क्रममा राज्य र बिद्रोही दुबै पक्षबाट बेपत्ता भएकाहरुको परिवारले अहिले सम्म न्याय नपाएको गुनासो गरेका छन् ।
जिल्लामा गैरन्यायिक रुपमा दुबै पक्षबाट बेपत्ता पारिएको भन्दै आयोग र अन्य निकायमा ५७ थान उजुरी दर्ता भएको छ । यसैगरी बिस्तृत छानबिन रहेका ४१ उजुरीकर्ताको अबस्था पनि हाल सम्म बाहिर आउन सकेको छैन् । गोरखाका ५ वटा उजुरी अदालतको तामेलीमा छन् भने ७ वटा घटनामा दोहोरो उजुरी परेको छानबिन आयोगको तथ्याङ्क छ । विशेष अनुसन्धानका लागि भन्दै अहिले आयोगको एक टोली गोरखामा आएको छ । उक्त टोलीले पिडित परिवारका सदस्यहरुसँग आवश्यक सूचना संकलन सुरु गरेको छ । ‘विशेष अनुसन्धान अन्र्तगत हामीले उजुरीकर्ताबाट विभिन्न खालका सूचना लिन्छौ, त्यसका लागि हामी गोरखा आएका छौं’ आयोगका सदस्य आईवी गुरुङले भने ‘घटना पूर्व र पछिको अवस्थाका बारेमा उहाँका आफन्तहरुसँग सूचना लिने हाम्रो मुख्य काम हो ।’ उक्त कुरासँगै पिडित पक्षलाई राज्यका तर्फबाट दिइनुपर्ने सहुलियत (परिपुरण) का सम्बन्धमा पिडित पक्षको सुझाव संकलन गरिनेछ ।
मुलकमा शान्ति स्थापना भएको लामो समय भइसक्दा पनि द्वन्दका क्रममा बेपत्ता पारिएका परिवारका सदस्यहरुले अहिले सम्म न्याय पाउन सकेका छैनन् । त्यसमा राज्य पक्ष जिम्मेवार नभएको आयोगका सदस्यहरुकै आरोप छ । ‘हामीले ५ जना प्रधानमन्त्री देखिसक्यौं उहाँहरु सबै हुन्छ÷हुन्छ भन्नुहुन्छ तर अहिले सम्म यो विषयले प्राथमिकता पाउन सकेको छैन’ गोरखाका लागि टोली प्रमुख भएर आएका गुरुङले भने । सरकारले बेपत्ता छानबिन आयोगका लागि प्रयाप्त बजेट र कर्मचारी छुट्याउन नसक्दा पनि कामले गति लिन नसकेको उनले बताए । १२ सदस्य टोली विभिन्न समूह बनाएर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानको पहिलो दिन मंगलबार १५ जनासँग सोधपुछ गरिएको छ । बाँकीको क्रमश गर्ने गुरुङले बताए ।


