×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अघि बढेन गोरखा दरवार पुनःनिर्माणको काम

  •  
  • मङ्गलबार, भदौ ०५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    भाद्र ५ गते । गोरखा दरबार भत्काएको लामो समय भइसक्दा समेत पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । ठेकेदारहरुबिचको विवादका कारण दरबार पुनःनिर्माणको काम अघि बढ्न नसकेको हो । गत बर्षको चैत अघि नै जग हालेर निर्माण सुरु गर्ने बताए पनि हालसम्म भत्काउने बाहेक अरु काम अघि बढ्न सकेको छैन ।
    ‘हामीले झुटो कुरा बोले जस्तो भएको छ, तर बास्तवमा त्यस्तो होइन्, अहिले बर्खाको सिजन छ, सोचे अनुसार काम अघि बढाउन सकेका छैनौ’ पुरातत्व विभागकी पुरातत्व अधिकृत मञ्जु सिं भण्डारीले भनिन् ‘ठेकेदारहरुको कुरा नमिलेर पनि निर्माणमा समस्या भएको हो ।’
    भूकम्पका कारण क्षति पुगेको उक्त दरबार जगै देखि भत्काएर पुनःनिर्माण गनुपर्ने पुरात्वको निर्णयका कारण जग भत्काएको थियो । दरबार भएको ठाउँमा ठुला खाल्डो खनेर राखिएकोले वर्खामा आएको पानी पसेर त्यहाँका अन्य संरसचनामा समेत क्षति पुग्न सक्ने खतरा बढेको छ ।
    यसै विच पुरातत्व विभागले दरबार पुर्नःनिर्माणमा लापरवाही नगरेको स्पष्ट पारेको छ । ‘हामीले भनेअनुसार काम अघि बढाउन चाहि नसकेको हो तर कामै रोकेको भन्ने होइन’ उनले भनिन् ‘मेन ठेकेदारले अर्को ठेकेदारलाई कामको जिम्मा दिएको रहेछ, उनिहरुकै कुरा नमिलेर अलि ढिला हुन गयो ।’
    शाह वंशिय इतिहासको सबै भन्दा पुरानो उक्त दरबार भत्काउने क्रममा जग मुनि प्वाल भेटिएको थियो । पहरा माथि रहेको उक्त दरबारको जग मुनि ओढार जस्तो भाग देखिए पछि पुरातत्वको एक विशेषज्ञ टोलीले केहि महिनाअघि अध्ययन गरेको थियो । अध्ययन टोलीले दिएको सुझाव अनुसार दरबार भत्काउने क्रममा जमिन मुनिको भाग कमजोर देखिए पछि पहिले बनाएको स्टेमेन्ट नै बदलेर काम गर्नुपर्ने भएकाले केही ढिलाई भएको उनको भनाई छ । ‘हामीले कत्तिपनि हेलचक्राइँ गरेका छैनौं, वषौं पहिले बनेको दरबार त्यतिका वर्ष सुरक्षित रह्यो अब त्यो भन्दा पनि बलियो कसरी बनाउन सकिन्छ भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित छ’ भण्डारीले भनिन् ।
    दरबार पुर्नःनिर्माणमा वर्षाले अबरोध नपु¥याओस्, भनेर जस्ताले छाएर खट समेत निर्माण गरिएको छ । शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ ।
    दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् । नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि भत्काएर जगैबाट पुर्नःर्निमाण गर्न लागिएको हो । दरबार पहिलेकै स्वरुप र संरचनामा बनाउनका लागि पुरातत्व विभाग मार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४ करोड ३७ लाख रकम छुट्याएको छ । गत बर्ष २०७४ को कार्तिकमा पचली भैरव शिभाको जेभीले २०७६ मा दरबार पुनःनिर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता जिम्मा लिएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.