कैलासबावु श्रेष्ठ/गोरखा
साउन ३१ गते । भुकम्पपछिको पुनःनिर्माण र पुनःस्र्थापनामा सदाचार पुनःनिर्माण सम्बन्धि निती नियमहरुको बिषयमा गोरखा सदमुकाममा छलफल तथा सुझाव संकलनको कार्यक्रमसम्पन्न भएको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको आयोजना र युरोपियन युनियनको सहयोगमा जिल्ला समन्वय समितीको सभाहलमा भएको हो । कार्यक्रममा बोल्दै गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले विधालय, सरकारी कार्यलय भवन तथा निजि आबसहरुको पुनःनिर्माणको काम सन्तोष जनक नभएकोमा दुःख ब्यक्त गरे । प्रजिअ भट्टराईले पुर्नःनिर्माणको काम जिल्लामा सन्तोषक जनक नभएपनि आत्तिहाल्नु पर्ने अवस्था भने नभएको बताउनु बताएउदै सबै सरकारी कार्यालयलाई सक्रिय भएर काम गर्न समेत कार्यक्रममा निर्देशन दिएँ ।
स्थानिय तहका जनप्रतिनिधिको सहयोग र सरकारी कार्यालय क्रियाशिल भएमा पुर्नःनिर्माणका समस्याहरु छिटो नै अन्त्य हुने भएकोले स्थानिय तहका जनप्रतिनिधिलाई पुनःनिर्माणमा सहयोग गर्न उपस्थित सबैले सरोकार वालाहरुलाई आग्रह गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक अशोक कुमार गुरुङ्गले स्थानियहरुले पुनःनिर्माणको काम के कति भयो भन्ने बिषयमा घोषणा कार्यक्रम पनि गरिनु पर्ने भन्दै भुकम्प पिडितहरुले पाउनु पर्ने सुविधाहरु अझै पनि पाउन नसेको बताए ।
सोही कार्यक्रममा बोल्दै गोरखा नगरपालिका गोरखाकी उपमेयर बिनाकुमारी श्रेष्ठले भुकम्प पिडितको बिभिन्न समस्याहरुको बारेमा आफुहरुले प्राधिकरण संग पटक पटक कुरा गरेर पुनःनिर्माणको कार्यमा देखिएकोे गल्तिलाई सच्याउने काम भइरहेको बताईन ।
त्यस्तै ट्रान्सपरेन्सि ईन्टर नेशनल नेपालका पुर्व महासचिब मुकुन्द बहादुर प्रधानले अहिले पछिल्लो समय के कति घरहरु निर्माण भए, कस्ता नियमहरु आए भन्ने विषयको लागि गोरखामा तेस्रो पटक छलफल तथा सुझाव संकलनको कार्यक्रम आयोजना गरिएको बताए । ट्रान्सपरेन्सि ईन्टरनेशनल नेपालले लाभगाह्री भुकम्प पिडितलाई किस्ता बापतको रकम अब स्थानिए तहबाट नै प्रदान गर्नुपर्नेमा जोड दिए ।
छलफल तथा सुझाब संकलन
छलफल तथा सुझाब संकलन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















