कैलासबावु श्रेष्ठ/गोरखा
साउन ३१ गते । सोमबार साँझ गोरखा बजारमा दुरघटनामा परी मृत्यु भएका गोरखा नगरपालिका ५ पश्लाङ्गका असिम खनखवासको आज (बिहीबार) चितवनको देवघाटमा अन्त्यष्टी गरीएको छ ।
सोमबार साँझ मोटरसाइकल दुृरघटनामा परी गंभिर घाईते भएका उनको मंगलबार राती उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको थियो । मृक्तक खनखवास नेपाल प्रहरीको मकवानपुर जिल्लामा कार्यरत भएका कारण सलामी दिन र अस्पतालको केही कागजी प्रकृयामा ढिला हुदा बुधबार गर्ने भनिएको अन्त्यष्टी बिहीबार गरीएको उनका आफन्तले जानकारी दिएको छ ।
गएको सोम साँझ ८ः१५ बजे हरमटारी बाट गोरखा बसपार्क तर्फ जादै गरेको बा.७३ प ५९५८ नम्बरको मोटर साईकल र बसपार्क देखी हरमटारी तर्फ आउदै गरेको लु.१ ग १३९ नम्बरको ट्रक एक आपसमा ठक्कर खादाँ मोटरसाईकल अनियन्त्रीत भै सडक छेवैमा रहेको फुलको क्यारीमा ठोकिएर मोटरसाईकल चालक खनखवास गंभिर घाईते भएका थिए ।
घटना लगत्तै गोरखा अस्पतालमा सामान्य उपचार पछि चितवनको पुरानो मेडिकल कलेजमा टाउकोको अप्रेशन गरेका खनखवासको बुधबार गोरखामो रामघाटमा अन्त्यष्ठी गर्ने भनिएको थियो । उनको टाउको, छाती, गर्धन, हात र खुट्टामा चोट लागेको थियो ।




















