मोहसिन अलिमियाँ/गोरखा
गोरखा नगरपालिकाले बजार अनुगमन थालेको छ । नगर क्षेत्रमा रहेका ब्यवसायलाई ब्यवस्थित गर्नुका साथै करको दायरामा ल्याउने उदेश्यले अनगुमन थालिएको नगरपालिकाको कार्यालयले जनाएको छ । ‘अनौपचारिक रुपमा त हामीले पहिला पनि गरेका थियौ, तर औपचारिक रुपमा आजबाट सुरु भएको छ’ नगर उप प्रमुख एव मउप भोक्ताहित संरक्षण समितीकी संयोजक बिनाकुमारी श्रेष्ठले भनिन् । अनुगमनलाई कार्यालयले अभियानकै रुपमा अघि बढाउन लागेको उनको भनाई छ ।
कार्यालयले बुधबारबाट सुरु गरेको अनुगमन अभियानलाई १४ वटै वडाका बजारमा लगिने बताइएको छ । ‘बजार क्षेत्रमामात्रै होइनहामी १४ वटै वडाका बजारहरुमा नियमित रुपमा अगुगम गर्छौ’ उप प्रमुख श्रेष्ठले भनिन् ‘सुरुमा केहि त्रृटि भेटिए सचेत गराउछौ, सच्चिन समय दिन्छौ त्यसपछि पनि भएन भने कार्य बिधि अनुसार कारबाहीको प्रकृयामा जान्छौ ।’
नगरपालिकाले बुधबार सतिपिपल क्षेत्रबाट अनुगमन सुरु गरेको हो । बुधबार त्यसक्षेत्रका ३० वटा पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक भिमसेन श्रेष्ठले बताएका छन् । ‘हामीले पहिलो दिन ३१ वटा पसलको निरिक्षण ग¥यौ, सबै पसलमा दर्ताका प्रमाणपत्र देखि सामानको अवस्थाका बारेमा हेरेका छौ’ उनले भने । सतिपिपल क्षेत्रमा गरिएको अनुगमनका क्रममा अधिकांश पसल दर्ता भए पनि नविकरण भने नभएको भेटिएका छन् । तर केहि पसल भने दर्ता नै नभएका समेत रहेको टोली संयोजक श्रेष्ठको भनाई छ । ‘हामीले हेरेका धेरै पसलहरु कुनै नगरपालिका, कुनै उद्योग बाणिज्य संघमा दर्ता भएका त भेटिए तर दर्ता भएपछि नविकरण गरेको भने पाइएन’उनले भने ‘अहिले हामीले सचेत मात्रै गराएका छौ, उहाँहरुले पनिअब चाडै दर्ता र नविकरण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’
सतिपिपल क्षेत्रका पसलमा अनुगमन गर्दा म्याद नाघेका सामाग्री भने नभेटिएको श्रेष्ठले बताएका छन् । तर कुनै पनि ब्यवसायीले पसलमा मुल्य सूची भने राखेको नपाइएको उनको भनाई छ । ‘म्याद नाघेका त खासै भेटिएन तर मुल्य सूची भने कुनै पनि पसलमा राखिएको रहेनछ, अब राख्छौ भनेका छन् ।’ बुधबार ३ वटा कस्मेटिक पसल, ४ वटा होटल, २ भाँडापसल, ५ किराना पसलको अनुगमन गरिएको छ । त्यस्तै २ सिलाई कटाई, ३ फेन्सी, १ वेकरी, ५ स्टोर्स एवम सप्लायर्स र अन्य ५ वटा पसलको अनुगमन गरिएको कार्यालयले जनाएको छ ।
गोरखानगरले थाल्यो बजार अनुगमन
गोरखानगरले थाल्यो बजार अनुगमन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















