×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सुन्तला जोनको ४० लाख खर्च हुन सकेन

  •  
  • बुधबार, साउन ३०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    साउन २९ गते । गोरखाको सुन्तला खेति प्रवद्र्धनको लागि गत वर्ष जिल्ला आएको ४० लाख रकम खर्च हुन नसकेपछि फिर्ता गएको छ । नेपाल सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयद्धारा सञ्चालित सुन्तलता जातका फलफुलहरुको जोन कार्यालय स्थापना पछि सुन्तला जातका खेतिको प्रवद्र्धन र बिकासका लागि विनियोजन भएको रकम मध्ये ४० लाख ७ हजार बजेट खर्च हुन नसकेको वरिष्ठ अधिकृत अजय अधिकारीले जानकारी दिए । ‘यो किसानका लागि जाने बजेट खर्च नभएको होइन’ उनले भने ‘कार्यालयमा कर्मचारीको पद रित्त रहँदा सञ्चालन खर्च बापत रकम खर्च हुन नसकेको हो ।’ उक्त कार्यालयका लागि स्वीकृत ८ जनाको दरबन्दी मध्ये ४ जनाको पद रित्त हुँदा तलब भक्ता बापत जाने रकम खर्च हुन नसकेको उनको भनाई छ ।

    आर्थिक वर्ष २०७४/०७५ को लागि पुँजीगत तर्फ १२ लाख ७८ हजार र चालु तर्फको १ करोड ११ लाख १८ हजार गरी कुल १ करोड २३ लाख ९६ हजार बजेट बिनियोजन भएकोमा जम्मा ८३ लाख २६ हजार मात्र खर्च भएको छ । कुल बजेटको ६७.१७ प्रतिशत बजेट खर्च गरेको कार्यालयले ४० लाख ७ हजार भने खर्च गर्न नसकेको तथ्याङ्कमा उल्लेख छ । ‘मन्त्रालयले उत्कृष्ट काम गर्ने कर्मचारीलाई कार्य सम्पादन आधारमा ३५ प्रतिशत प्रोत्साहन भक्ता दिने भनेको थियो तर अर्थले कार्यविधि पास नगरेका कारण केही रकम फिर्ता गएको हो’ अधिकारीले भने । जिल्ला आएको रकम मध्ये ८३ लाख रकम बजेट खर्च भएको छ ।

    नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना मार्फत सञ्चालन गरेको सुन्तला जोन कार्यक्रमबाट जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिकाको वडा नम्बर ९ र १०, भिमसेन थापा, शहिद लखन र गण्डकी गाउँपालिकामा सुन्तला खेतिलाई थप व्यवसायी बनाउन विभिन्न खालका कार्यक्रम सञ्चालन गरिएको उनकोे भनाई छ । यस अघि पकेट क्षेत्रको रुपमा रहेको सुन्तला खेतिलाई जोनमा रुपान्तरण गरिएसँगै जिल्लाको ५ सय १२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला खेति लागि आवश्यक मल, बिऊ, कृषि परामर्श लगायतका कुराहरुमा कार्यलयले किसानलाई मद्दत गरिरहेको सुन्तला जोनको कार्यालयले जानकारी दिएको छ । यसै विच चालु आर्थिक वर्षका लागि भने २ करोड २८ लाख ९० हजार रकम बिनियोजन भएको छ ।

    पुँजीगत तर्फ ६ लाख ८५ हजार र चालु तर्फ २ करोड २२ लाख ५ हजार गरी २ करोड २८ लाख ९० हजार रुपयाँको अख्तियारी आएको अधिकारीको भनाई छ । ‘यस वर्षका लागि हामीलाई रकमको अख्तियारी आइसकेको छ, र्शीषक अनुसार नै बजेट खर्च गर्ने योजनामा छौ’ उनले भने ‘गत वर्षको जस्तो अबस्था यस वर्ष नआउला भन्ने अपेक्षा छ ।’ चालु आर्थिक वर्षका लागि प्रतिफल आधारित अनुदान १५ लाख, रुट स्टक बगैचा स्थापना अनुदानमा ३ लाख, बगैचा व्यवस्थापन तथा सुदृढीकरणको लागि १५ लाख बजेट बिनियोजन भएको छ । यसैगरी ५० प्रतिशत अनुदानको मेसिनरी औजार उपकरण खरिदका ८ लाख, हाइटेक फलफुल नर्सरी स्थापनाको १० लाख, पोष्ट हार्बेस सेन्टर स्थापना सहयोगको लागि १० लाख, साना सिचाइँ निर्माण तथा मर्मत संहारमा ५७ लाख बजेट छुट्याइएको छ ।

    यसैगरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने साना मेसिनरी औजार तथा उपकारण खरिदका लागि ५ लाख, भकारो सुधार कार्यक्रम १२ लाख रकम गोरखा आएको छ । ‘यो सबै रकम सुन्तला जातका फलफुल जोन कार्यक्रम लागु भएका स्थानहरुमा मात्र खर्च गरिन्छ’ उनले स्पष्ट पारे । कार्यालयले यस वर्ष क्षेत्रफल बिस्तार गर्ने, कागती कलमी गरेर विरुवा उत्पादन गर्ने, सुन्तलाका पुराना रोगी बोट हटाउने लगायतका कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्ने योजना बनाएको अधिकारीको भनाई छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ३०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.