×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दरवार पुनःनिर्माणमा भइरहेको ढिलाईप्रति डा.भट्टराईको चिन्ता

  •  
  • बुधबार, साउन ३०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    साउन ३० गते । गोरखा दरवार पुनःनिर्माणमा भइरहेको ढिलाई प्रति नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले चिन्ता ब्यक्त गरेका छन् । २०७२ सालको विनाशकारी भुकम्पले ध्वस्त भएको दरवारको ३९ महिना बितिसक्दा जगसम्म पनि हाल्न नसक्नु दुखद भएको बताएका हुन् । ‘म धेरै पछि दरवार आएको हुँ, मैले त सोच्या थे पुनःनिर्माणको काम धेरै अघि बढ्यो होला’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने ‘तर यहाँ त अहिलेसम्म जग समेत हाल्न सकेको रहेनछ ।’
    लामो बिदेश भ्रमण सम्पन्न गरी नेपाल फर्कने बित्तिकै गृह जिल्ला गोरखा आएका उनले दरबारको अबलोकन गर्दै पुनःनिर्माणको गति सुस्त हुनुले गोरखाको पर्यटन बिकासलाई ठूलो नोक्सानी हुने बताए । ‘दरबार भत्काएर छोडेको तिन बर्ष बितिसक्यो, काम ढिलो हुदा अरुले हैन हामी गोर्खालीले नै यसको नोक्सानी ब्यहोर्नु पर्ने हो’ उनले भने ।
    आफु धर्ममा आस्था नराखे पनि पृथ्वीनारायण शाह प्रति श्रद्धा र सम्मानका लागि दरवार अवलोकनमा आएको बताउदै उनले यस क्षेत्रलाई विकास गर्न सके पर्यटनको राम्रो गन्तब्य बन्न सक्ने बताए । ‘गोरखा दरवारलाई एकिकृत रुपमा विकास गर्नु पर्छ भन्ने मेरो पहिल्यै देखिको माग हो, गोरखालाई बिश्वले चिनेको छ, तर हामीले ब्यवस्थापन गर्न सकेनौ’ आफु केहि दिनअघि रोम भ्रमणका क्रममा त्यहाको ऐतिहासिक स्थलको विकासबाट प्रभावित भएको भन्दै उनले भने ‘अब गोरखाको इतिहासलाई बेचेर हामीले देशी बिदेशीलाई गोरखा ल्याउन सक्नुपर्छ, दरबारलाई विश्व सम्पदाको सूचीमा हाल्न पहल गर्नुपर्छ ।’
    कर्मचारी र ठेकेदार बिच कमिसन लेनदेनको कुराले दरवार पुनःनिर्माणमा ढिलाई भएको हुन सक्ने भट्टराईले आशंका गरेका छन् । जहाँतही कमिसनतन्त्रकै कारणले देश विकास हुन नसकेको बताउदै उनले दरवार पुनःनिर्माणलाई समयमै सम्पन्न गरी ऐतिहासिक धरोहरका रुपमा पूर्वाधारको विकास गरी पर्यटकको संख्यामा बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
    शाह बंशिय उद्गम थलो मानिएको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ । दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन । नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि भत्काएर जगैबाट पुनःर्निमाण गर्न लागिएको हो । तर पुनःनिर्माणका लागि जगैदेखि दरवार भत्काइए पनि ठेकेदारले बिभिन्न बाहना गर्दै निर्माणको काम रोकेका छन् । दरबार पहिलेकै स्वरुप र संरचनामा बनाउनका लागि पुरातत्व विभाग मार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४ करोड ३७ लाख रकम छुट्याएको छ ।
    तर दरवार पुनःनिर्माण आयोजना प्रमुख मञ्जुसिंह भण्डारीले भने काम नरोकिएको दावी गर्छिन् । ‘काम रोकिएको छैन, अलि सुस्त भएको हो, म ठेकेदारसंग कन्ट्याक्ट मै छु’ भण्डारीले भनिन् ‘मेन ठेकेदारले अर्को ठेकेदारलाइृ जिम्मा दिएको रहेछ, उनिहरुकै कुरा नमिलेर केहि समय रोकिएको हो, अहिले फेरी सुरु भएको छ ।’ गत बर्ष २०७४ को कार्तिकमा पचली भैरव शिभाको जेभीले २०७६ सालमा दरबार पुनःनिर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ३०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.