कैलासबावु श्रेष्ठ/गोरखा
साउन ३० गते । सोमबार साँझ गोरखा बजारमा दुरघटनामा परेको मोटरसाईकल चालकको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ । नेपाली सेनाको ट्रक संग ठक्कर खाएर गंभिर घाईते भएका गोरखा नगरपालिका ५ पश्लाङ्गका असिम खनखवासको मंगलबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
हरमटारी बाट गोरखा बसपार्क तर्फ जादै गरेको बा.७३ प ५९५८ नम्बरको मोटर साईकल र बसपार्क देखी हरमटारी तर्फ आउदै गरेको लु.१ ग १३९ नम्बरको ट्रक एक आपसमा ठक्कर खादाँ मोटरसाईकल अनियन्त्रीत भै सडक छेवैमा रहेको फुलको क्यारीमा ठोकिएर मोटरसाईकल चालक गंभिर घाईते भएका थिए ।
घटना लगत्तै गोरखा अस्पतालमा सामान्य उपचार पछि चितवनको पुरानो मेडिकल कलेजमा टाउकोको अप्रेशन गरेका खनखवासको मंगलबार राती मृत्यु भएको हो । मृत्तकको टाउको, छाती, गर्धन, हात र खुट्टामा चोट लागेको थियो ।
घटना लगत्तै प्रहरीले सेनाको सवारी र चालकलाई निन्त्रणमा लिएको थियो । मृत्तकलाइ सम्मानको लागि मकवानपुर प्रहरी लगेर हिन्दु संस्कार अनुसार गोरखाको रामशाह घाटमा ल्याएर दाहसंस्कार गरीने उनका आफन्तले बताए ।




















