नरेन्द्र ढकाल/गोरखा
साउन २८ गते । नेकपा गोरखाले पदाधिकारी र जिल्ला सदस्यको नाम टुग्याउन नसकेपछि प्रदेशमा छुट्टाछुट्टै नामावली पठाएका छन् । जिल्लामा सहमती जुट्न नसकेपछि पूर्व माओवादी पक्षले १२१ र एमाले पक्षले ९९ जनाको नाम शुक्रबार प्रदेशमा पठाएका हुन् । ‘हाम्रो छलफललाई पनि केही सजिलो होला भनेर नै नाम माथी पठाइएको हो’ वार्तामा सहभागी एमालेका पूर्व उपाध्यक्ष यादब बस्नेतले भने ‘नाम माथि पठाउँदैमा टुंग्याउन नसकेको भन्ने चाँही साँचो होइन हामी निरन्तर छलफल मै छौ ।’
साबिकका दुई पार्टीका पधादिकारी र इन्चार्ज, सह–इन्चार्ज समेत रहेको कार्यदलले दुई दिन सम्मको कसरत गर्दा पनि निकास दिन नसकेपछि दुबै पक्षले शुक्रबार छुट्टाछुट्टै रुपमा नामाबली पठाएका हुन् । ‘हामी छलफलकै चरणमा छौ सोमबार पनि बैठक बस्दै छ, माथि पनि नाम गएको छ’ पूर्व माओवादीको तर्फबाट बैठकमा प्रतिनिधित्व गरेकी नेतृ शुसिला सिंखडाले भनिन् ‘सहमतीबाट टाढा छैनौं छिट्टै निकास निस्किन्छ ।’
पूर्व माओवादी केन्द्रले साबिकका केन्द्रिय सदस्यहरु, पहिले केन्द्रिय कार्यसमितिमा नरहेका तर पार्टीमा धेरै योगदान पु¥याएका जिल्ला स्तरका अगुवा नेताहरु र केही युवाहरुलाई समेटर नाम पठाएको दाबी गरेको छ । पठाईको नाममा मर्यादा क्रम समेत निर्धारण गरिएको छ । कुन समूहले कति पद पाउने निक्यौल भएपछि मर्यादा क्रमकै आधारमा छनौट हुने नेताहरुले बताएका छन् ।
पूर्व ऐमाले खेमाको पनि त्यस्तै विधि अपनाएको छ । आकांक्षीहरुकै नामबाट मर्यादा क्रम अनुसार जिल्ला कार्यसमितिमा छनौट गरिने पूर्व एमाले निकट स्रोतले भनाई छ । नामावली संकलनलाई लिएर केही नेता कार्यकर्ताले भने असन्तुष्टि समेत व्यक्त गरेका छन् । एक पूर्व एमाले नेता भन्छन्, ‘विगतमा योगदान गर्ने, सच्चा नेता कार्यकता भन्दा नेताका वरिपरीका व्यक्तिहरुलाई माथिल्लो वर्णानुक्रममा राखिएको छ’ परिचय उल्लेख गर्न इन्कार गर्दै उनले भने ‘नाताबाद कृपाबाद हावी भएको छ ।’
बैठकमा सहभागी नेताहरुले छलफल जारी रहेको बताए पनि समझादारी जुट्न नसकेका कारण आ–आफ्नो ढङ्गले नाम पठाउनु परेको कार्यकताहरुले दाबी गरेका छन् । ‘मुख्य टाउको मिल्ला जस्तो देखिदैन, एउटाले अध्यक्ष रोजे अर्कोले सचिव पाउनु पर्छ तर अहिले सम्म दुबै पक्षको दाबी एउटै पदमा छ, त्यसैले कुरा मिलेको छैन’ श्रोत भन्यो । पूर्व माओवादी पक्षले इन्र्चाज पाउने भए पूर्व एमाले पक्षले स्वतः रुपमा अध्यक्ष पाउनुपर्ने एमाले पक्षको दाबी छ । सह–इन्चार्ज, सचिव जस्ता पदहरु, विभिन्न विभाग र जिल्लामा रहने आयोग लगायतमा कसले कुन पद लिने भन्ने कुरामा पनि सहमती हुन सकेको छैन् । ‘मुख्य विषयमा छलफल नै भएको छैन्, पार्टीको जनमतलाई हेरेर पद बाँडफाँड गर्नुपर्छ’ परिचय नखुलाउन आग्रह गर्दै माओवादी पूर्व नेताले भने ‘केन्द्रले स्पष्ट निर्देशन गरिसकेको छैन त्यसैले टुंग्याउन समस्या भएको छ ।’ पूर्व माओवादी र एमालेको जनमतका आधारमा नेकपाले जिल्लालाई वर्गिकरण गर्नुपर्ने र सोका आधारमा मात्र जिल्लाको पद बाँडफाँड गर्नु उपयुक्त हुने उनको भनाई छ ।
दुई पार्टीमा आकांक्षी धेरै भएपछि नेताहरुको २ दिने लामो छलफलले निकास दिन नसकेको हो । ‘हामीले अध्यक्षको प्रस्ताव ल्याएपछि उहाँहरुले सचिवमा नाम अगाडी सार्नुपर्ने हो तर उहाँ पनि अध्यक्ष कै नाम अघि सार्नुहुन्छ अनि कसरी निर्णयमा पुग्न सकिन्छ’ श्रोतले भन्यो ‘दुई दिनसम्म बस्यौं सचिवको विषयमा अहिले सम्म प्रस्ताव आएकै छैन्, अरु के बिषयमा छलफल भएको होला तपाइँ आफै भन्नुस् ।’
पूर्व माओवादी पक्षले जनमतलाई आधार बनाएर जिल्ला इन्चार्ज, अध्यक्ष सहित पद आफूले पाउनुपर्ने तर्क अघि सारेको छ भने एमाले पक्षले समान पदका आधारमा एकता हुनपर्ने भन्दै पूर्व माओवादी पक्षले इन्र्चाज पाए आफूहरुले अध्यक्ष पाउनु पर्ने दाबी गरेको छ ।
यसै विच सोमबार फेरी कार्यदलको बैठक बस्ने तयारी छ । नेकपाको जिल्ला पार्टी एकीकरणका लागि नेता कार्यकता सदरमुकाममा जम्मा भएका छन् । सबैले आ–आफ्नो पक्षमा लबिङ गरेको देखिन्छ । नेतृत्वका लागि विभिन्न नाम चर्चामा आएपनि अहिले सम्म कसैका बारेमा निर्णय भइनसकेको नेताहरुले बताएका छन् ।
पूर्व माओवादी र एमालेले छुट्टाछुट्टै नाम पठाए
पूर्व माओवादी र एमालेले छुट्टाछुट्टै नाम पठाए
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















