गोरखा समाचारदाता
साउन २८ गते । सरकारले पहिलो पटक उपलब्ध गराउन लागेको गरिव घर परिवार परिचय पत्र वितरणको काम स्थानीय तहमा पुगेर रोकिएको छ । जिल्लाका ११ वटै स्थानीय तह मार्फत परिच पत्र बाड्नका लागि आवश्यक तालिम सम्पन्न भई समाग्री समेत पठाईएको लामो समय भइसक्दा पनि स्थानीय तहहरुले परिचयपत्र वितरणको काम थालेका छैनन् । ‘अहिले सम्म हामीले सुरु गरयौ भनेर कसैले भन्नुभएको छैन’ उक्त कार्यक्रमकी स्रोत व्यक्ति बिमला वाग्लेले भनिन् परिचय पत्र वितरणका लागि जिल्ला समन्वय समिति मातहतको गरिब घर परिवार परिचय पत्र वितरण समन्वय बोर्डको सचिवालले सबै प्रक्रिया पुरा गरेपनि स्थानीय तहले कामको प्राथमिकतामा नराखेका कारण वितरण हुन नसकेको हो । अधिकाशं स्थानीय तहले भदौं भित्र परिचय पत्र वितरणको काम सक्ने दाबी गरेका छन् । ‘वितरणको तयारमा छौ, केही दिन भित्रै बाँड्ने काम सुरु हुन्छ’ अजिकोट गाउँपालिकाकी उपप्रमुख चन्द्रमायाँ गुरुङले भनिन् । अयन्त्र जिल्लामा परिचय पत्र वितरण भइसक्दा समेत गोरखाामा भने अहिले सम्म सुरु भएको छैन् ।
गोरखामा १२ हजार ४४ घर परिवार गरिबीको रेखामुनी रहेको नेपाल सरकार भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, गरिब घर परिवार सहयोग समन्वय जिल्ला सचिवालले जानकारी दिएको छ । ती मध्ये ५ हजार ८ सय ३३ अति, ३ हजार ७ सय १७ मध्यम र २ हजार ४ सय ९४ घरपरिवार सामान्य गरिब सूचिमा परेका छन् । विवरण संकलन गरिएका ४७ हजार १७ घर भने गैर गरिब अर्थात धनी को सुचीमा परेका छन् । जिल्लाका ५९ हजार ६१ घरको तथ्याङ्क संकलन गरिएको हो ।
परिचय पत्र विरतरणका लागि जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई यस अघि नै २ दिनको अभिमुकरण तालिम समेत दिइएको थियो । उक्त परिचय पत्रका आधारमा सरकारले विभिन्न खालका सहुलियत दिने तयारी गरेको छ । कतिपय स्थानमा गरिब घर परिवारको सूचीमा धनिको समेत नाम समावेश भएको भन्दै आलोचना समेत भएको छ । हरेक स्थानीय तहमा उनीहरुको नाम प्रकाशित भइसकेको छ । भदौ भित्र परिचय पत्र वितरणको काम सक्नुपर्ने केन्द्रको निर्देशन छ । यस अघि नै परिचय पत्र वितरणको तयारी गरिएको भएपनि धेरै लामो प्रयास पछि नेपालमा पहिलो पटक उक्त परिचय पत्र वितरण गर्न लागिएको हो ।
परिचयपत्र वितरणको काम स्थानीय तहमा पुगेर रोकियो
परिचयपत्र वितरणको काम स्थानीय तहमा पुगेर रोकियो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















