गोरखा समाचारदाता
धार्चे गाउँपालिका वडा नम्बर ६ काशी गाउँकी काली गुरुङ्ग र उनकी छोरी मिन कुमारीलाई बोक्सी आरोप लगाउने रोशन गुरुङ्ग पक्राउ परेका छन् । उनलाई प्रहरीले आरुघाट गाँउपालिकाको मान्बुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
साउन १० गते काशीगाउँकै भीमकुमार गुरुङ्गको मृत्यु हुदा काली र उनकी छोरीलाई रोशनले आरोप लगाएका थिए । भीम कुमारको बोक्सीका कारण मृत्यु भएको भन्दै उनको पेटमा सर्प, भ्यागुत्ता लगायतका जिव रहेको भन्दै चिहान डाँडाँमै रोशनले शव काटेका थिए । त्यस पश्चात काली र उनको परिवारलाई गाँउलेले सामाजिक बहिस्कार गर्नुका साथै कुटपिट समेत गरेपछि रोशनलाई कारबाहीको मागगर्दै प्रहरीमा उजुरी दर्ता भएको थियो ।
उजुरी पर्ना साथ रोशनलाई पक्राउ गर्न काशीगाँउ गएको प्रहरी टोलीमाथी समेत गाँउलेले दुब्र्यवहार गरी आक्रमणमा उत्रेका थिए । घटनामा प्रहरी सहित जन प्रतिनिधी र पिडित परिवारलाई समेत आक्रमण भएको थियो । त्यस पछि काली गुरुङ्गको परिवार बिस्थापित भइ सदरमुकाम आएको थियो ।
रोशनलाई पक्राउ गर्न नदिने अडान राखे पछि गत आइतबार प्रहरी काशी गाउँबाट रित्तो हात फर्केको थियो । आरुघाट प्रहरी चौकी बाटै घटनाको अनुसन्धान गर्ने भन्दै फर्केको प्रहरी टोलीले अन्तत उजुरी परेको हप्ता दिन पछि रोशनलाई पक्राउ गर्न सफल भएको छ । ‘हामीले मान्बुबाट रोशनलाई पक्राउ गरी सदरमुकाम ल्याइसकेका छौ’ एसपी बिमल बस्नेतले भने ‘बोक्सी आरोप लगाइयो भनेर रोशनको नाममा किटानी जाहेरी छ, म्यादथप गरेर अनुसन्धानगर्दैछौ ।’
बोक्सी आरोप लगाउने गुरुङ्ग पक्राउ
बोक्सी आरोप लगाउने गुरुङ्ग पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


