मोहसिन अलि मियाँ/गोरखा
पूर्व प्रधानमन्त्रीएवमनयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले दलका नेतालाई बिनाअपराध हतकडी लागाउनु गलतभएको बताएका छन् । गोरखा सदरमुकाममापत्रकार सम्मेलनगर्दै डा. भट्टराईले विप्लव समर्थिक नेताकार्यकर्ताहरुलाई सरकारले पक्राउअपराधी सरह ब्यवहार गरिएकोमा असन्तुष्टी ब्यक्त गरेकाहुन् । ‘भलै उहाँहरु (विप्लव) ले उठाएका मागजायजनहोलान्, सान्दर्भिक नहोलान, तर त्यसो हो भन्दैमाअपराधीबनाउन पाइन्छ ?’ प्रतिप्रश्नगर्दै उनले भने ‘राजनैतिकदललाई त राजनितिक ढङ्गबाट ब्याख्या र ब्यवहार गर्नु प¥यो नि, अपराधीझै हतकडी लगाउनकहाँ पाइन्छ ?’
अहिलेको सरकार जनताको मर्म विपरित अघि बढेको बताउदै डा.भट्टराईले जनताले विकल्पखोज्न थालिसकेको बताएका छन् । ‘चुनावका बेला के के भनेर आश्वासन बाडेकाथिए, हेर्नुस उहाँहरुले भनेका कुरा न बजेटमा आए, न नितीकार्यक्रममा नै आए, अहिले सरकारमा गएपछि सबै उल्टो उल्टो गरेर जनताको ढाड सेक्ने मात्रै कामभएको छ, महङ्गीदिनदिनै बढेको बढ्यै छ’ उनी भन्छन् ‘जनताका कुरा छोडौ, उहाँहरु कै कार्यकर्ता रुष्ट भएका छन्, ६ महिनानबित्दै विकल्पखोज्न थालेका छन् ।’
नेकपाप्रति संकेत गर्दै उनले चुनावी स्वार्थकालागिमात्रै कम्युनिष्टको खोल ओढेको आरोप लगाएका छन् । ‘अहिले जुनकिसिमले कम्युनिष्टको खोल ओढेर आएका छन्, त्यो कम्युनिजम नै होइन, सबै स्वार्थकालागिहो, जुनचिज बढि बिक्छ त्यै बेरेर बचेकामात्रै हुन् ।’ पूर्वप्रधानमन्त्री भट्टराईले भने ‘चुनावीफाइदाकालागिउहाँहरुले कम्युनिष्ट, समाजवादभन्नुभएको मात्रै हो, आफ्नाआसेपासे कार्यकर्ता पोस्ने उदेश्यले मात्रै उहाँहरु लागिरहनु भएको छ ।’
फरक प्रसंगमाबोल्दै भट्टराईले संसारमै सबैभन्दा बढि ब्यापार घाटा ब्यहोर्ने देश नेपालभएको भन्दै नेपालनिर्वाहमुखी कृषिमाअल्झिएकाले विकास हुननसकेको बताएका छन् । नेपालमाप्रत्येक जातजातीको पेशा समेत फरक फरक हुनु विडम्बना भएको उनको भनाई छ । ‘हाम्रो देशमाजातअनुसारको पेशा छ, त्यसरी कसरी विकास हुन्छ, सबैले सबै काम गरे पो छिटो परिवर्तन आउछ, म त भन्छु देशमाजातजाती नै भङ्गगर्नुपर्छ, एउटा मात्रै जात राख्नुपर्छ ।’
आर्थिक रुपमाआत्मनिर्भर तर्फ अघि बढ्नु पर्ने बताउदै डा. भट्टराईले सरकार खोक्रो राष्ट्रबाद तर्फ उन्मुखभएको आरोप लगाएका छन् । ‘अहिले एकै चोटी रेल र पानीजहाज कहाँबाट आउछ देशमा, पहिला त देशलाई आर्थिक संबृद्धि तर्फ लैजानुप¥यो नि, बाह्रै महिनागाउँगाउँमा गाडी लैजानुप¥यो पहिला, शिक्षा स्वास्थ्य जस्ता अत्यावस्यकचिजको सुनिश्चितगर्नुप¥यो, रोजगारीको ग्यारेन्टी गर्नुप¥यो’ उनले भने ‘त्यसै खोक्रो राष्टूबादका कुरा गरेर हुन्छ र, त्यस्ता कुरा जनताले बुझिसके ।’ देशबाट पलायनभएकायुवाहरुलाइृ फर्काएर उनिहरुले सिकेकासिपको सदुपयोग गर्न जरुरी उनको भनाई छ ।
क्षेत्र नमबर २ काप्रतिनिधी सभा साँसद समेत रहेको डा.भट्टराईले शनिबार गोरखा दरबार पुनःनिर्माणको अवोलोकन समेत गरेकाथिए । उनले दरबारको पुनःनिर्माणमा भइरहेको ढिलाईप्रतिआफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
राजनितिक नेतालाई अपराधीझै हतकडी लगाउनु गलतः भट्टराई
राजनितिक नेतालाई अपराधीझै हतकडी लगाउनु गलतः भट्टराई
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


