×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेकपाले टुंग्याउन सकेन जिल्ला नेतृत्व

  •  
  • शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    साउन २५ गते । दुई दिन देखिको छलफलमा सहमती हुन नसकेपछि नेकपाले जिल्ला नेतृत्वको टुंग्याउन सकेको छैन् । नेकपाले बिहिबार गोरखा सहित देशभरका जिल्ला पार्टी एकताको लागि बैठक डाकेको थियो । तर गोरखामा भने कसको प्रतिनिधित्व कति हुने ? भन्ने विषयमा बिवाद रहेपछि बैठक टुग्योमा पुग्न नसकेको एक पूर्व माओवादी नेताले गोरखा समाचारलाई बताए । ‘गोरखामा हामीले दाबी गर्ने कुरा स्वाभाविक हो’ उनले भने ‘उहाँहरुको भन्दा हाम्रो संगठन र जनमत दुबै बढि छ ।’ यता पूर्व एमाले सम्बद्ध नेताहरुले भने केन्द्रमा जस्तो नगरी, बिना भागबण्डा समान रुपमा पार्टी एकता गर्नुपर्ने अडान लिएको श्रोतको दाबी छ । जिल्लामा पूर्व एमालेको जनमत कम रहेको भन्दै पूर्व माओवादी पक्षले ६० प्रतिशत भन्दा बढि पद पाउनु पर्ने ति नेताको तर्क छ । ‘निश्चत रुपमा पार्टी एकता भएको हो, हामीले बार्गेलिङ गर्न खोजेको पनि होइन तर कार्यकर्ता व्यवस्थापनमा सबै भन्दा बढि चुनौती हामीलाई छ’ नाम नबताउने शर्तमा उनले फेरी दोहो¥याए ।
    यता जिल्ला पार्टी एकता कार्यदलका सदस्य एवं एमालेका पूर्व जिल्ला अध्यक्ष प्रेम गुरुङले भने उक्त कुराको खण्डन गरेका छन् । ‘घनिभूत किमिसले छलफल भइरहेको छ, बाहिर आएको जस्तो केही भएको छैन, त्यो सबै बजार हल्ला हो’ उनले भने ‘केन्द्रको निर्देशन, पार्टीको आन्तरिक विधान र परिधीमा रहेर पार्टी एकता हुन्छ ।’
    साबिकका दुई पार्टीका पधादिकारी र इन्चार्ज सह–इन्चार्ज सहित रहेको ५÷५ सदस्सिय कार्यदल छलफलमा जुटेको हो । गण्डकी प्रदेशका मन्त्रीहरु एमालेका पूर्व जिल्ला इन्चार्ज रामशरण बस्नेत र माओवादीका पूर्व जिल्ला अध्यक्ष लेखबहादुर थापा समेत छलफलमा सहभागी हुन जिल्ला आएका छन् । जिल्लाका शीर्ष नेताहरु सहभागी उक्त बैठकले नेतृत्व टुग्याउन नसकेपछि नेताहरुले भने आलटाले जबाफ दिएका छन् । ‘आदरणीय मन्त्री ज्यूहरु जिल्ला पार्टीका र्शीष व्यक्तित्व समेत हुनाले उहाँहरुको राय परामर्श बिना यति महत्वपूर्ण काम गर्ने कुरै भएन’ गुरुङले भने ‘सबै कुरा प्याकेजमा छलफल भएकाले निर्णयमा पुग्न समय लागेको हो ।’ गोरखा समाचारसंगको कुराकानीमा उनले घुमाउरो ढङ्गमा पार्टी एकता बराबरीमा हुने र नेतृत्वमा आफूहरुको पनि दाबी रहेको संकेत गरे । ‘अब हामी एमाले पनि छैनौं माओवादी पनि छैनौं, अहिलेको अबस्थामा जसले पार्टीलाई नेतृत्व गर्न सक्छ उही हामी सबैको नेता हो, र नेतृत्वका लागि हामी सबै योग्य छौ’ उनले भने ।
    उता एकता कार्यदलका सदस्य एवं माओवादी केन्द्रका पूर्व जिल्ला सह–इन्चार्ज परशुराम रम्तेल पनि बजारमा आएका कुरा हल्ला मात्र भएको दाबी गरेका छन् । ‘भागवण्डा नमिलेको कुरा सरासर गलत हो, बाहिर आए जस्तो केही भएको छैन्, हामी न माओवादी छौ न एमाले, एउटै नेकपाका लागि अब केका लागि भागवण्डा ?’ ठट्यौलो पारामा उनले भने । पटक÷पटक छलफलमा बसेको स्वीकार गर्दै उनले सबै कुरा प्याकेजमा टुंग्याउने प्रयत्न गरिएकाले केही ढिलाई भएको बताए । ‘हिजो एक राउण्ड बसियो, आज विभिन्न कोणहरुबाट छलफल भयो, कुराकानी अत्यान्त सौहार्दपुर्ण किसिमले अगाडी बढेको छ प्याकेजमै सबै कुरा टुंग्याउने प्रयत्ननमा छौ ।’ १२५ जिल्लाबाट छानिएका र दुई निर्वाचन क्षेत्रका १०÷१० गरी १४५ सदस्यिय कार्यसमिति बन्ने उनले बताए । प्याकेजमा नेतृत्व छनोट, कार्यविभाजन, दुई पार्टीको संगठन व्यवस्थापन, प्रदेश र स्थानीय तहको जिम्मेवारी तोकिने उनको भनाई छ । ‘जनयुद्धबाट आएका पार्टी र जनआन्दोलनबाट आएको पार्टी एक भएका छौं’ उनले भने ‘भोली कतैबाट बिरोध र गुनासाहरु नआउन् भनेर ढिलै भए पनि सबैलाई मिलाएर लैजाने प्रयास हाम्रो हो ।’ अहिले सम्म पद भागबण्डाको विषयमा चर्चा नभएको उनले दाबी गरे । केन्द्रको समन्वयमा प्रदेशले इन्जार्ज र सह–इन्चार्ज तोक्ने र जिल्ला पार्टी एकता कार्यदलले जिल्लाको नेतृत्व टुंग्याउने तयारी भइरहेको नेताहरुको दाबी छ ।
    नेकपाले स्थायी कमिटि सदस्यलाई प्रदेश, पोलिट्व्यूरोलाई जिल्ला र केन्द्रिय सदस्यलाई स्थानीय तहमा खटाउने गरी कार्यविभाजन गर्न लागेको श्रोतको भनाई छ । दुबै पार्टीको नेता कार्यकताले मुल नेतृत्व विषयमा भने विवाद नदेखिएको संकेत गरेका छन् । पूर्व सांसद एवं पोलिट्व्युरो सदस्य हितराज पाण्डेले जिल्ला इन्र्चाज र एमाले पूर्व जिल्ला इन्चार्ज एवं हालका गण्डकी प्रदेश प्रवक्ता रामशरण बस्नेतले सह–इन्चार्जको जिम्मेवारी पाउने चर्चा छ । कृष्ण धिताल जिल्ला अध्यक्ष तथा प्रेम गुरुङ उपाध्यक्ष रहने गरी मोटामोटी सम्झदारी भईसकेको नेताहरुको दाबी छ । ‘मुल नेतृत्वमा त्यत्ति धेरै विवाद छैन, अरु पदको बाँडफाँड कसरी गर्ने भन्ने कुरा मुख्य हो’ एक नेताले भने । केन्द्रमा पार्टी एकता भएको लामो समय भएपनि नेकपाले जिल्ला एवं स्थानीय तहमा पार्टी एकता गर्न सकेको थिएन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.