गोरखा समाचारदाता
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले इन्चार्ज कुमाललाई गोरखा नगरपालिका वडा नम्बर ११ को बाह्रकिलो पक्राउ गरेको हो ।
बिहिबार दिउँसो २ बजे पक्राउ परेका कुमाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी महेन्द्र नेपालले जानकारी दिएका छन् । ‘केहि ठाँउमा चन्दा मागेको भन्ने गोप्य सुचना पायौ, त्यसैले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाहौ’ डिएसपी नेपालले भने ‘उहाँसंग हामी सोधपुछ गर्दैछौ, चन्दामाग्ने अरुलाई पनि समात्छौ ।’




















