मोहसिन अलि मियाँ/गोरखा
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डिना उपाध्यायले देशमा परिवर्तन पुरुषको योगदानले मात्रै नआएको बताएकी छिन् । नेपाल महिला संघको ७१ औं स्थापना दिवशका अवसरमा गोरखा नगरपालिका ११ को दशकिलोमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासको कालखण्डमा भएका हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण भुमिका रहेको बताएकी हुन् । ‘देशमा जतिपनि परिवर्तन भएका छन् ति पुरुषले मात्रै गरेका होइनन्, त्यसमा पुरुषको भन्दा महिलाको भुमिका अग्रणी छ’ नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी उपाध्यायले भनिन् ‘यसमा पुरुष दाजुभाइलाई घमण्ड नगर्न म आग्रह गर्न चाहान्छु ।’
नेपाल महिला संघ क्षेत्र नम्बर १ र २ को संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले कानुनले महिलालाई अधिकारसम्पन्न बनाएपनि अझै अपहेलित हुन बाध्य भएको बताएकी छिन् । ‘संबिधान लेख्दा हामी महिलाहरु लडेर हाम्रा अधिकार त लेख्यौ, तर खै कार्यान्वयन, अझै पनि हाम्रा दिदीबहिनी चुल्हो मै सिमित हुनुपर्ने हो ?’ प्रतिप्रश्न गर्दै अपाध्यायले भनिन् ‘खै हामीले अधिकार प्राप्त गरेको ।’
क्षेत्र नम्बर १ की सभापति सपना पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद एवम नेपाल महिला संघकी जिल्ला अध्यक्ष मनकुमारी गुरुङ्ग, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी एवम नगरप्रमुख राजनराज पन्त, क्षेत्र नम्बर २ का सभापति गोविन्द गुरुङ्ग, महिला संघकी केन्द्रिय सदस्य गोमा भट्टराई, भुगोल थापाले मन्तब्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल ट्रेड युनियनका केन्द्रिय उपमहासचिव इश्वर परियार, काँग्रेसका गोरखा नगर सभापति चन्दनबाबु खत्री, जिसस उपप्रमुख जनुका अधिकारी, रबिकला खनाल, महिला संघकी जिल्ला उपाध्यक्ष रिता देवकोटा, नेपाल भुपुसैनिक संघका अध्यक्ष डिलबहादुर थापा, नेविसंघका अध्यक्ष रुपबहादुर गुरुङ्ग, वडा नम्बर २ का अध्यक्ष रहमतुल्ला मियाँ, लोकतान्त्रिक महिला समाजकी अध्यक्ष सरुना पोखरेल, गोमा दुवाडी लगायतले बोलेका थिए । साथै कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव नन्द प्रसाद न्यौपाने, नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारको समेत उपस्थिती रहेको थियो ।
त्यस्तै महिला संघ गोरखा नगरसमितीले स्थापना दिवशकै अवसरमा दरबारमार्ग स्थित महेन्द्रज्योती माबिका १० जना विद्यार्थीलाई खाद्धान्न सामाग्री वितरण गरेको छ । व्दिालयमा अध्ययनरत बौद्धिक एवम प्राविधिक अपाङ्गता भएका विद्यार्थीलाई २ थान कुकर, १२ वटा थाल सहित १० हजार बराबरको खाद्धान्न वितरण गरेको संघकी नगर सचिव रञ्जिला श्रेष्ठले जानकारी दिएकी छिन् । हस्तान्तरण कार्यक्रम नगर उपाध्यक्ष धनकुमारी पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




















