संपादकिय
दैनिक उपभोग गर्ने तरकारीमा अत्यधिक मात्रामा विषादीको प्रयोग हुने गरेको पाइन्छ । यसका कारण उपभोक्ताले विभिन्न किसिमका प्राणघातक रोगको सिकार बन्नुपरेको छ । यसले गर्दा बिस्तारै रोगी बनाउँदै हृदयघातको सम्भावना बढाउँछ । साथै क्यान्सरजस्तो प्राणघातक रोग लागी ज्यान नै जान सक्छ । तरकारीमा अत्यधिक विषादीको प्रयोगले आर्थिकरूपमा मुलुकले समेत ठूलो भार व्यहोर्नुपरेको छ । किसानले थोरै लगानीमा धेरै आम्दानी गर्ने नाममा तरकारीजन्य उत्पादनमा अत्यधिक मात्रामा रसायन र विषादी प्रयोग गर्ने गरेका कारण यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको तथ्य सार्वजनिक हुने गरे पनि अत्यधिक विषादीको प्रयोग रोक्ने पहल कहीँ–कतैबाट भएको देखिँदैन ।
सरकारले विषादी सम्बन्धी ठोस कदम चाल्न नसक्दा भान्सामा हरेक छाक विष भित्रिने गरेको छ भने त्यही विष नेपालीहरूले खाने गरेको पाइन्छ । सरकारले विदेशबाट नेपाल आयात हुने रसायन तथा विषादीमा नै रोक लगाउनुपर्ने देखिन्छ । विषादीको आयातमा रोक लगाएर हरेक नेपालीको भान्सामा भित्रिने विषलाई सदाका लागि अन्त्य गर्ने खालको कानुन बनाउनु र यसको कार्यान्वयन गर्नुको विकल्प पनि छैन । सरकार यसो भनेको जस्तो गरिरहने र किसान सरकारको कुरा नसुनेजस्तो गरेर विषादीको प्रयोग गरी उत्पादन बढाइरहने हो भने नेपालीको आयु बढ्ने होइन, घट्नेतर्फ नजाला भन्न सकिन्न । मुलुक नयाँ शाषन व्यवस्थामा छ । स्थानीयले आवश्यक नीति बनाएर गोरखाबाटै यो अभियानको थालनी किन नगर्ने ? विषादीको जथाभावी प्रयोग रोक्ने खालका कानून निर्माणमा जिल्लाका ११ वटै स्थानीय तहले आवश्यक कानून समेत निर्माण गरी त्यसको कार्यान्वयन गराउन जोड दिनु जरुरी छ ।
विषादी प्रयोगमा कडाई गरौं
विषादी प्रयोगमा कडाई गरौं
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















