गोरखा समाचारदाता
साउन २४ गते । डियुटीमा रहेको प्रहरीलाई हातपात गरेको आरापमा दुई युवा प्रक्राउ परेका छन् ।
पालुङटार नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय खुसी भनिने बिकास तमाङ र सोही स्थानका २४ वर्षीय धनकुमार गुरुङले डियुटीमा खटिएका प्रहरीलाई गाली गलौज गरी हातपात गरेको भन्दै उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले बताएका ।
सार्वजानिक स्थलमा हो–हल्ला गरिरहेका बेला सम्झाउन गएको प्रहरीलाई गाली गलौज गरी हातपात समेत गरेपछि इलाका प्रहरी कार्यालय पालुङटारले उनीहरुलाई प्रक्राउ गरेको हो ।
घटनाका आरोपी तमाङ र गुरुङ दुबै जनालाई बुधवार जिल्ला अदालत गोरखाबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक रोशन थापाले जानकारी दिए ।




















