गोरखा समाचारदाता
साउन २४ गते । जिल्लाको सुलिकोट गाउँपालिका ८ की एक किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एक व्यक्ति प्रकाउ परेका छन् ।
प्रहरीका अनुसार मंगलबार साँझ सोही स्थानका ३८ वर्षीय मनबहादुर परियारले १६ वर्षकी एक किशोरीलाई करणी उद्योग गरेको भन्दै पिडित पक्षले परियारलाई आरोपी बनाएर बुधबार जिल्ला प्रहरी कार्यालय गोरखामा मुद्दा दर्ता गरेको छ ।
आरोपी परिवारलाई बुधबार नै जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक रोशन थापाले जानकारी दिए ।




















