गोरखा समाचारदाता
साउन २४ गते । च्याङ्ली रहेको पानी पोखरीमा डुबेर चार वर्षीय बालकको ज्यान गएको छ । पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली बस्ने सोम बहादुर थापाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
४ वर्षका निक्लस थापा घरमा नभेटिएपछि खोज्दै जाँदा घर देखि ५० मिटर पूर्वपट्टि रहेको पानी पोखरीमा डुबेको अवस्थामा परिवारका सदस्यले फेला पारेका थिए । वर्षातको पानीले बनाएको पोखरीमा डुबेका बालकलाई तत्काल बाहिर निकालेर हेर्दा घटना स्थलमै ज्यान गइसकेको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ ।
मृत्तक परिवारले बुधबार खबर गरेपछि घटना स्थलमा पुगेको प्रहरी टोली मुचुल्का तयार गरी पोष्टमार्टनका लागि मृत्तकको शब जिल्ला अस्पताल गोरखा पठाएको थियो । मृत्तकको बुधवार नै अन्तिम सस्कार गरिएको छ । घटनाको भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख बिमल बस्नेतले जानकारी दिए ।




















