मोहसिन अलि मियाँ/गोरखा
साउन २३ गते । धार्चे गाँउपालिका ६ काशीगाँउकी काली गुरुङ्गले आफुले न्याय नपाएको दुखेको गरेकी छिन् । साउन १० गते स्थानीय भीमकुमार गुरुङ्गको मृत्यु बोक्सीका कारण भएको भन्दै उनलाई आरोप लगाइएको थियो । बोक्सीको आरोप लगाउदै गाँउलेले उनलाई सामाजिक बहिस्कार गर्नुका साथै दुब्र्यवहार गर्न थालेपछि उनि गाँउ छोडेर सदरमुकाम आएकी छिन् । ‘गाँउका सबैले यो बोक्सी हो भन्न थाले, भीम गुरुङ्गको पनि ज्यान मैले नै लिएको रे, उ मरेको बेला चामल पनि चढाउन दिएनन्’ आरोपित गुरुङ्गले भनिन् ‘भीम मरेपछि यसले पेटमा भ्यागुत्ता, छेपारो, सर्प हाल्देकि छ भन्दै उसको पेट पनि चिरे तर केहि फेला पारेनन् ।’
बोक्सीको आरोप लगाउदै गाँउलेले उनी र उनकी छोरी मिनकुमारीमाथी दुब्र्यवहार नरोकेपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालयमा न्यायको ढोका ढकढक्याएको थियो । ‘भीमको मृत्यु भएपछि त मलाई गाँउमा बसिनसक्नु भयो, दिन दिनै आएर धम्क्याउन थाले, पानी पधेरो पनि चलाउन छाडे’ गहभरी आँशु बनाउदै उनले भनिन् ‘सकेसम्म त सहेकै थिए, अति भएपछि न्याय माग्न यहाँ झरेकी हुँ ।’
प्रहरीमा उजुरी हालेपछि न्याय पाइन्छ भनेर उनले सोचेकी थिइन तर परिस्थिती त्यस्तो नभएपछि अहिले झनै आफु पिडामा परेको गुनासो गरेकी छिन् । उनकी छोरी सोममायाले कारबाहीका लागि किटानी जाहेरी दिएको भएपनि प्रहरीले पक्राउ गर्न नसक्नुले थप पिडा थपिएको उनको भनाई छ । ‘अति भएपछि उजुरी दिए, प्रहरीले अहिलेसम्म पनि रोशलाई समात्न सकेको छैन, सबैले मलाई अहिले त झनै एक्ल्याएको छ’ गुरुङ्ग भन्छिन् ‘सारा गाँउले एकजुट भएर किन मुद्धा हालेको ? अब देख्लास् भनेका छन् ।’
गाँउमा प्रहरी ल्याउने अनि पत्रकार लगाएर समाचार लेख्ने भन्दै अहिले धम्की आउन थालेको उनको छोरी सोममाया गुरुङ्गले बताएकी छिन् । ‘पुलिस लगाएर कारबाही गर्न खोज्छस भनेर आमाहरुलाई लछारपछार गरेछन्, बहिनीहरुलाई भुतलेछन्’ सोममायाले भनिन् ‘मिडियामा आएपछि त झनै गाँउमा आक्रोश बढेको छ रे ।’ यस्तो अवस्थामा पनि आफुहरुले न्याय पाउन नसकेको उनको दुखेसो छ । गाँउभन्दा अन्यत्र बस्ने ठाँउ नभएकाले आफुहरु गाँउ फर्कन लागेको उनको भनाई छ ।
‘जहाँ जसलाई भनेपनि के नै हुदो रहेछ र खै, गाँउ छोडेर आइयो, कहाँ बस्ने, के खाने, यहाँ बस्न आफ्नो घर छैन, होटलमा कतिञ्जेल बस्ने, अब जे सुकै होस् गाँउ नै फर्कने हो, अरु विकल्प नै छैन ।’
प्रहरीमा उजुरी परेपछि प्रहरी कार्यालयले पनि वेवास्ता गरेको भने होइन । आरोपित रोशन गुरुङ्गलाई पक्राउ गर्न शनिबार काशीगाँउ पुगेको प्रहरी टोली माथी नै आक्रमण हुदा परिस्थिीति बदलिएको एसपी बिमल बस्नेत बताउछन् । ‘हामी आरोपितलाई समात्नै गएका हौ, तर परिस्थिती त्यस्तो भइदिएन, गाँउका सयौ मान्छेले हामी सबै दोषी हौ, सबैलाई समात्नुस् भनेर हामीलाई नै दुब्र्यवहार गरे’ उनले भने ‘के गर्नु कहिलेकाही बन्दुक मात्रै देखाएर समस्या समाधान नहुने रहेछ ।’
बोक्सीको आरोपमा विस्थापति भएका काली गुरुङ्गको परिवारलाई स्थापित गराउनु पनि आफुहरुको जिम्मेवारी रहेकाले तत्कालका लागि प्रहरी काशीगाँउबाट फिर्ता बोलाइएको उनको भनाई छ । ‘आरोपितलाई समात्नु मात्रै हाम्रो जिम्मेवारी होइन, हामीले त काली गुरुङ्गको परिवारलाई स्थापित गराउनु पर्ने पनि छ, सबै बुझ्दा अहिले तत्कालका लागि फर्कनु उपयुक्त ठानेर ब्याक भएका हौ ।’ एसपी बस्नेतले भने ‘हामी केसमा ब्याक भएका होइनौ, अहिले तत्कालका लागि त्याहाबाट टोली मात्रै फर्काएका हौ, हामीले सुष्म अनुसन्धान थालिसकेका छौ, कुनै पनि हालतमा उसलाई समातेर कारबाहीको प्रकृया अघि बढाउँछौ ।’
बोक्सी आरोपितको दुखेसो : ‘न्याय दिने कोहि भएनन्’
बोक्सी आरोपितको दुखेसो : ‘न्याय दिने कोहि भएनन्’
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















