×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

देश विदेशमा बस्ने युवाहरुले गाउँलेलाई जुटाइ दिए एम्बुलेन्स

  •  
  • बुधबार, साउन २३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    साउन २३ गते । सुलिकोट ४ सौरपानीका स्थानीयहरुलाई अब बिरामी पर्दा अब स्टेचर र डोली चढ्नु नपर्ने भएको छ । सौरपानीमा जन्मिएर पढाई तथा रोजगारको शिलशिलामा देश बिदेशमा पुगेका युवाहरुले सामाजिक सञ्जाल मार्फत चलाएको अभियान मार्फत खरिद गरिएको एम्बुलेन्स सेवाको मंगलबार उद्घाटन गरिएको छ । ‘धेरै खुसि लागेको छ, अब उपचार नपाएर मर्नु पर्दैन की’ सौरपानीका स्थानीय पार्वती ढकालले भनिन् ‘बोक्ने मान्छे पनि चाहिएन छिटो पुग्न पाइयो ।’ लामो समय देखि बेलायतमा बस्दै आएका रुद्ध ढकाल, जापानमा रहेका ईश्वर ढकाल, नेपाल कार्यरत ईश्वर पनेरु लगायतका युवाहरुले समाजिक सञ्जाल मार्फत सुरु गरेको अभियान अन्तर्गत २० लाख रुपयाँ संकलन गरेका छन् ।

    सोही रकम मध्येबाट एम्बुलेन्स खरिद गरिएको हो । ‘भूकम्प जाने बित्तिकै रुद्ध दाई नेपाल जानुभएको रहेछ, गाउँलेले एम्बुलेन्स नहुँदा दुखः पाएको गुनासो गरेछ’ अभियान्ता मध्येका एक हाल जापानमा रहेका ईश्वर ढकालले भने ‘उहाँले हामीहरुसँग छलफल सुरु गर्नुभयो अनि अभियान अघि बढ्यो ।’ सामाजिक सञ्जाल मार्फत थालिएको अभियानमा नेपालबाट १७ लाख ५१ हजार २११, जापानबाट १ लाख ५८ हजार ९५१ र बेलायतबाट २ लाख १८ हजार रुपयाँ संकलन भएको हो । ‘५ लाख गाउँपालिकाले सहयोग गरेको थियो अरु सबैले स्वतस्फूर्त रुपमा हामीलाई मायाँ गर्नेहरुले अभियानलाई सहयोग गर्नुभएको हो’ उनले भने । यस अघि बिरामीलाई स्टेचर र डोकोमा बोकेर स्वास्थ्य सस्था लैजादै गर्दा धेरै जनाको ज्यान गएको थियो । अब भने दुखःका दिन गएका भन्दै स्थानीयले खुसि व्यक्त गरेका छन् ।

    उक्त एम्बुलेन्स सेवाको एक कार्यक्रमका विच प्रदेश सभा सदस्य प्रकासचन्द्र दवाडीले उद्घाटन गरेका छन् । ‘मेरो पनि सपना साकार भएको छ, यस क्षेत्रका सके सबै वडामा नसके पनि गाउँपालिकामा भएपनि एउटा एम्बुलेन्स उपलब्ध गराउने योजना थियो’ उनले भने ‘साथीहरुको ठूलो मेहनतले सौरपानीबासीले एम्बुलेन्स पाउनुभएको छ, हामी सबै हर्षित छौ ।’ गाउँमा एम्बुलेन्स आएपनि सडकको अबस्था नाजुक रहेको भन्दै गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद दवाडीले सडक स्तरउन्नतीका लागि पहल गर्ने आश्वासन पनि दिएका छन् । ‘एम्बुलेन्स भएर मात्र हुँदैन गुड्ने सडक चाहियो, अब हाम्रो ध्यान सडक स्तरउन्नीमा केन्द्रित हुन्छ’ उनले भने ‘मैले गर्नुपर्ने पहल सुरु गरिसकेको छु ।’
    फरक राजनितिक प्रशङ्ग बोल्दै प्रदेश सभा सदस्य दवाडीले स्थानीय तहले गर्ने बिकास निर्माणका काममा दलिय राजनिति अन्त्य हुनुपर्ने बताएका छन् । अब सबैको ध्यान बिकास र समृद्धीमा केन्द्रित हुनुपर्ने राजनिति आस्थाका आधारमा स्थानीय हुने कामले राम्रो नतिजा नदिने उनको दाबी छ ‘अब पनि हामी बिकासका नाम राजनिति गर्छौ भने हामी धेरै पछि पर्छौ, यसले अब यस्तो राजनिति बन्द गर्नुपर्छ ।’
    २० लाख रकम संकलन गरी एम्बुलेन्स सञ्चालन गर्न लागेका सौरपानीबासीले झण्डै ८ लाख रकम भने सौरपानी स्वास्थ्य चौकी व्यवस्थापन समितिको नाममा कोष निर्माण गरी बचत गरेका छन् । ‘उक्त रकमको व्याज र बिरामीले तिरेका शुल्कबाट ड्राईभरलाई तलब दिएर एम्बुलेन्स चलाउने योजना बनाएका छौ’ अभियान्ता ढकालले भने ।

    सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टको अध्यक्षता तथा प्रदेशसभा सदस्य दवाडीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा नं ४ का अध्यक्ष भिम बहादुर गुरुङ, नेपाली काग्रेसका गाँउ पार्टी अध्यक्ष बिरबहादुर गुरुङ, हिमालय माविका प्रधानाध्यापक ठाकुर प्रसाद पनेरु, उलप्रसाद पनेरु, स्वास्थ्यचौकी इन्चार्ज अनिता पनेरु, दिनेश खनखवास, मोहन ढकाल, सुजन गुरुङ, कुलप्रसाद न्यौपाने, सन्त बहादुर गुरुङ, विर बहादुर गुरुङ, ईश्वर पनेरु, भुपाल गुरुङ ंलगायतले मन्तव्य राखेका थिए । सोही अबसरमा प्रदेश सभा सदस्य दवाडीले सुलिकोट गाउँपालिका ४ को सौरपानी र ३ को स्वाँरामा नेपाल टेलिफोन टावर राख्नेको लागि प्राविधिकहरु झिकाएर सर्बे गराएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.