गोरखा समाचारदाता
अवैद्य रुपमा वालुवा उत्खनन् गर्ने तिन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
सोमबार बिहान गोरखा नगरपालिका १० को दरौदी नदिबाट अवैद्य रुपमा उत्खनन गर्दै गरेको अवस्थामा ट्याक्टर प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लु २ त ९५३४, लु ३ त ९००९ र लु ३ त ७११९ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिइएका ट्याक्टरलाई सोमबार नै प्रति ट्याक्टर २० हजारका दरले जरिवाना लिएर छोडिएको उनको भनाई छ । पछिल्लो समय जिल्लाका बिभिन्न स्थानमा नदिजन्य पदार्थको अवैद्य उत्खनन बढेको छ ।




















