×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लगातरको वर्षाले जताजतै पहिरो

  •  
  • सोमबार, साउन २१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    साउन २१ गते । केही दिन देखि परेको अबिरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा जनजिवन प्रभावित भएको छ । शनिवार राती परेको अविरल वर्षाका कारण धार्चे गाउँपालिका-७ लापु स्थित खानीगाउँका ४० घर बिस्तापित भएका छन् । ‘गाउँ माथिबाट सबै चिराचिरा परेको छ, गाउँले सबै बिचल्लीमा परेका छन’ स्थानीय पन्दुर गुरुङले भने । चुङगाङडाँडा बाट आएको खोलाले बस्ती सरेको उनको भनाई छ । गाउँनै पहिरोको उच्च जोखिम देखिएपछि त्यहाँका स्थानीय कोही आफन्तको शरणमा पुगेका छन त कोही त्यहीँ जोखिम मोलेर बसिरहेको उनले बताए । ‘घरको पछाडी, आँगनमा, धारामा जता ततै ठुला÷ठुला चिरा परेको छ’ गुरुङले भने ‘त्यहाँबाट पानी पसेर गाउँनै बगाउने होकी भन्ने डर भएको छ’ उनले भने ।
    उक्त पहिरोका बारेमा सूचना पाउने बित्तिकै धार्चे गाउँपालिकाका प्रमुख सन्तबहादुर गुरुङ, उपप्रमुख फुलमायाँ गुरुङ सहितको टोलीले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भेटेर घटना बारे जानकारी गराएका छन् । ‘हामीले सिडियो सापलाई घटनाबारेमा जानकारी गराएका छौं मानविय क्षति हुन बाट जोगाउन पहल गर्ने उहाँले जोड दिनुभएको छ’ धार्चे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पाण्डेले भने । विपद् व्यवस्थापन समितिको आग्रहमा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा गोरखाले ४० घर बिस्तापितका लागि ८० वटा त्रिपाल उपलब्ध गराउने निर्णय भएको छ । ‘रेडक्रशले त्रिपाल दिएको छ, गाडी खोजेर घटनास्थल पठाउने तयारी गरिरहेका छौ’ उनले भने ।
    यता विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भट्टराईले पहिरो गएको ठाउँमा प्रहरी टोली पठाइएको जानकारी दिनुभएको छ । ‘उक्त घटना बारे बुझ्न प्रहरी टोली परिचालन भइसकेको छ, हामी जनताको जिउ धनको रक्षा गर्न तत्पर छौ ।’
    जिल्लाका अन्य ठाउँमा ठूला घटना भएको जानकारी नआएपनि सबै स्थानीय तहमा आवश्यक पूर्व तयारी गरी उद्धार टोली समेत तयारी अबस्थामा राखिएको उनको भनाई छ । पानी परिरहेकाले सर्तक रहन घटना हुने बित्तिकै नजिकैको प्रहरी वा स्थानीय तहमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।
    लगातारको पानीले आरुघाट गाउँपालिकाको श्यामचेतमा गएको पहिरोमा थप जोखिम बढाएको त्यहाँका स्थानीयले बताएका छन् । ‘लेदो बगेको बगै छ, गाउँले सबै त्रासमा बसिरहेका छन्, कुन बेला के हुन्छ भन्न सक्ने अवस्था छैन’ स्थानीय भिम गुरुङले भने । गत वर्ष देखि समस्याको रुपमा देखिएको उक्त पहिरो रोकथामका लागि आरुघाट गाउँपालिकाले पहल गरिरहेको छ । ‘हाम्रो प्रयासले मात्र यो पहिरो नियन्त्रण हुने अबस्था छैन, प्रदेश र केन्द्र सरकारले नै केही गर्नुपर्छ त्यसका लागि पहल भइरहेको छ’ गाउँपालिका प्रमुख पूर्ण बहादुर दाहालले भने । जनतालाई सुरक्षित राख्न र जिउ ज्यानको क्षति रोक्नका लागि गाउँपालिकाले बिशेष जोड दिइरहेको उनले बताए । यसैगरी चुमनुब्री गाउँपालिका विभिन्न ठाउँमा पहिरो जाँदा आवातजावतमा समस्या भएको छ । मनास्लु पदमार्गमा गएको पहिरोका कारण उत्तरी गोरखाको सदरमुकामसँग सम्बन्ध टुटेको छ ।
    यता पालुङटार नगरपालिकाको विभिन्न ठाउँमा गएको पहिरोले सवारी आवातजावतमा समस्या भएको छ । पहिरोका कारण आँपपिपल अस्पतालले सञ्चालन गरेको एम्बुलेन्स र बस सेवा दुबै थन्किएका छन् । ‘अस्पताल आउने सडकको विभिन्न ठाउँमा पहिरो गएको छ, एम्बुलेन्स र बस दुबै थन्किएर बसेका छन्’ आँपपिपल अस्पतालको प्रशासकिय अधिकृत बाबुराम गिरीले भने । सडक यातायात प्रभावित हुँदा त्यस क्षेत्रका बिरामीलाई सास्ती भएको छ । द्रव्य शाह राजमार्ग स्तर उन्नतीका क्रममा सडक हिलो भएकाले यात्रुबाहक सबारी साधन समेत चल्न सकेका छैनन् । ‘पालुङटारका विभिन्न ठाउँमा पहिरो गएको छ, डोजर प्रयाप्त नभएका कारण पन्छाउन सकिरहेका छैनौ हामी प्रयत्नशिल छौ’ नगरप्रमुख दिपक बाबु कंडेलले भने ।
    यसैगरी गोरखा नगरपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा जनजिवन प्रभावित भएको छ भने नगरक्षेत्रका सडक पानीले बिगार्दा सवारी सञ्चालनमा समस्या भएको छ । गोरखा नगरपालिका वडा नम्बर ११ को बिरेनचोक सहित अन्य ४ ठाउँमा गएको पहिरो हटाएर यातायात सुचारु गरिएको छ । ‘कच्ची सडकमा धेरै ठाउँमा समस्या छन्, मुख्य सडकमा रहेका अबरोध हटाएर यातायात सुचारु गर्ने प्रयास गरिएको छ’ गोरखा नगरपालिकाका वातावरण शाखा प्रमुख धुव्र घिमिरेले भने ।

    यसैविच नगरपालिकाको बजार क्षेत्रमा सडक जिर्ण हुँदा सवारी आवागमनमा समस्या भएको भन्दै केही स्थानीयले नगरपालिका र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । आर्दश नगर टोल बिकास संस्था र बगरकुवाँ बराह टोल बिकास संस्थाको अगुवाइमा हस्पिटल चोक देखि गैह्री चौतारासम्मको सडक खण्डको स्तरोन्नतीको माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका छन् ।
    गोरखा नगरपालिकाले उक्त सडक सँगै सतिपिपल हुँदै दरबार जान बाटोे मर्मतका लागि ठेक्का लगाए पनि वर्खाको कारण काम रोकिएको छ । जिल्लाका अन्य स्थानीय तहको विभिन्न ठाउँमा पहिरो जाने, खोलानालाबाट आएको बाढीले कटानी गर्ने लगायतको समस्या हुनुका साथै अधिकाशं कच्ची सडक ठप्प भएको उनीहरुले बताएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.